काठमाडौं- नेपाली काँग्रेस पार्टीको बागमती प्रदेश अधिवेशन प्रतिनिधि पदमा काठमाडौं क्षेत्र नं ७ बाट युवा उम्मेदवारहरु सुशान्त आचार्य र सुल्तान मियाँ विजयी भएका छन् । २२ वर्षीय आचार्य नेपाल विद्यार्थी संघका नेता हुन् ।
१९ वर्षीय मियाँ नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका नेता हुन् ।
आचार्यले कुल खसेको मतको ८५ प्रतिशत मत मियाँले ८३ प्रतिशत मत प्राप्त प्राप्त गरे । दुबै जना क्षेत्रीय सभापति मुकुन्द रिजाल पक्षीय उम्मेदवार हुन् ।








































