गोरखा, ४ मङ्सिर २०७८ । गोरखा कांग्रेसका नेता युबराज न्यौपाने केन्द्रिय सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
गोरखा कांग्रेसका नेता युवराज न्यौपानेले आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रिय सभापतिमा प्रतिस्पर्धा गर्ने भएका हुन्। सिमपानी न्युजसंग कुरा गर्दै नेता न्यौपानेले पार्टी भित्र नेतृत्व परिवर्तनको आन्दोलन आवश्यक रहेको र १४ औं अधिवेशनले यो पुरा गर्नु पर्ने बताउनुभयो।
साथै, उहाँले थोरै पनि लोकतान्त्रिक संस्कार बॉकिरहे या जानकारी भए ३५ बर्ष पार्टीको सत्तामा बस्नेहरुले यसपाली कुनै पनि पदमा दाबी गर्न नहुने कुरा बताउनु भयो । पटक पटक पार्टीको नेत्रित्व र राज्यको सत्तामा बसेको आधारमा आफुलाइ प्रमुख पदमा योग्य ठान्ने दुष्प्रयास अब कसैले नगरे हुन्छ र समयको माग संगै आफ्नो भुमिकालाई ब्यबस्थापन गर्न कांग्रेस पार्टीको नेताले जान्नुपर्ने बताउनु भयो ।
आफ्नो उम्मेदवारीले नेपाली राजनीतिमा नयाँ कोर्षको शुरुवात गर्ने बताउदै पालो पर्खेर नेता बन्ने परिपाटी अन्त्य भएको र सवैले एजेन्डामा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो ।
बिभिन्न १५ बुदाँ सांगठनिक सुधारका योजना अघि सार्दै न्यौपानेले आफ्नो उम्मेदवारी समयको माग संगै आएको र जित सुनिस्चित भएको दाबी समेत गर्नुभयो । शेरबहीदुरजी र रामचन्द्रजीले नेतृत्वमा दाबी नगरी सहमतिको प्रयास गरे आफु पनि सम्झौताको लागि तयार रहेको नेता न्यौपानेले बताउनु भयो ।








































