Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:४४:३७ बिहान
- ADVERTISEMENT -

सभापति देउवाको संयोजकत्वमा काँग्रेसको १४ औं महाधिवेशन मूल तयारी समिति गठन

प्रकाशित मिति: २०७८ कात्तिक २८, आइतबार

814
Shares

काठमाडौं, आइतबार, २८ कात्तिक २०७८ । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आईतबार बसेको केन्द्रिय कार्य समिति बैठकले सभापति देउवाको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको हो ।

पार्टी केन्द्रिय कार्य समितिका पदाधिकारी र सदस्यहरु, आमन्त्रित केन्द्रिय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सात वटै प्रदेश संसदीय दलका नेताहरु सो मूल तयारी समितिको सदस्य रहने निर्णय पनि बैठकले गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकले पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ । १४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने र त्यसबाट निर्वाचित हुने केन्द्रिय कार्य समितिले पार्टीको नीति र कार्यक्रममा लागि छुट्टै महाधिवेशन गराउने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाली काँग्रेस पार्टीले नीतिको अधिवेशन र नेतृत्व चयनको अधिवेशनलाई फरक गर्ने भन्ने विषय प्रस्तावित गरिएको छ । पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी तहमा सर्वसम्मतिले पारित भएको विषय केन्द्रिय समितिले यसलाई पक्कै अनुमोदन गर्नेछ । त्यस बमोजिम नेपाली काँग्रेसको यो १४ औं महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशनको रुपमा लिएर जाने र महाधिवेशनबाट आएको निर्वाचित केन्द्रिय कार्य समितिले पार्टीको नीति र कार्यक्रम पारित गरेर जाने हामीले तय गरेका छौं ।

महाधिवेशनको तयारीका लागि पार्टिका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन गरिएको छ । यसमा केन्द्रिय कार्य समितिका पदाधिकारी र सदस्यहरु, आमन्त्रित केन्द्रिय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सात वटै प्रदेश प्रदेश संसदीय दलका नेताहरु १४ औं महाधिवेशन मूल तयारी समितिमा सदस्य रहनु भएको छ ।

महाधिवेशन गर्नका लागि अर्थ संकलनको विषय जरुरी पर्छ । यसका लागि पार्टीका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति निर्माण भएको छ र संयोजकले त्यसलाई पूर्णता दिनेगरी हामीले निर्णय गरेका छौं । त्यस्तै भोजन तथा आवासको सम्बन्धमा सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागत तथा व्यवस्थापनका सम्बन्धमा पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महत, प्रचार प्रसार समितिमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति, ललितपुर जिल्ला र भक्तपुर जिल्लाका सभापतिजीहरु सदस्य रहने गरी काठमाडौं जिल्लाका सभापति संयोजक ।

त्यस्तै श्वास्थ्य समितिको संयोजकमा केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रिय सदस्य सिता गुरुङ र स्वयम् सेवक मूल समितिको संयोजक धनबहादुर मास्के राना र यो विभिन्न समितिहरुमा संयोजकहरुले आवश्यक्ता अनुसार सदस्यहरु चयन गर्नु हुनेछ ।’

त्यसैगरी महाधिवेशनलाई सम्पन्न गराउनका लागि नेता ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ । प्रवक्ता शर्माका अनुसार भोजन तथा आवास समितिको संयोजक सुरेन्द्रराज पाण्डे, विदेश पाहुना स्वागत तथा व्यवस्थापन समितिको संयोजकमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रचार प्रसार समितिमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति र त्यसमा ललितपुर जिल्ला र भक्तपुर जिल्लाका सभापतिजीहरु सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै श्वास्थ्य समितिको संयोजकमा केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रिय सदस्य सिता गुरुङ र स्वयम् सेवक मूल समितिको संयोजक धनबहादुर मास्के राना र यो विभिन्न समितिहरुमा संयोजकहरुले आवश्यक्ता अनुसार सदस्यहरु चयन गर्नु हुने निर्णय पनि गरिएको प्रवक्ता शर्माले बताउनु भयो ।

नेपाली काँग्रेसले सात वटै प्रदेश अधिवेशनहरु सम्पन्न गर्नका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोेकेको छ । जस अनुसार प्रदेश १ मा प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ भने अधिवेशन विराटनगरमा आयोजना हुनेछ । प्रवक्ता शर्माका अनुसार प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ र त्यसको संयोजकको जिम्मेवारी केन्द्रिय सदस्य रमेश रिजाललाई दिइएको छ । बागमती प्रदेशको संयोजक पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह र स्थान हेटौडा तोकिएको छ ।

गण्डकी प्रदेशको प्रदेश अधिवेशनका लागि संयोजकमा पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र स्थान पोखरा तोकिएको छ । लुम्विनी प्रदेशको संयोजक बालकृष्ण खाँण र स्थान बुटवल, कर्णाली प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि केन्द्रिय सदस्य जीवनबहादर शाही संयोजक र स्थान सुर्खेत तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको र स्थान धनगढी तय गर्ने काम पनि पार्टी केन्द्रीय कार्य समितिको बैठकले गरेको प्रवक्ता शर्माले बताउनु भयो । उहाँले तोकिएका संयोजकहरुले प्रदेश अधिवेशनको अध्यक्षता गर्ने र सो अधिवेशनहरुमा सम्बन्धित प्रदेशका केन्द्रिय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभाका संसदीय दलका नेता र प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु, संयोजक र उपसंयोजकहरु, नगरपालिकाका प्रमुख र उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु जो नेपाली काँग्रेसबाट निर्वाचित हुनु भो वा पछिल्लो समय नेपाली काँग्रेसमा आवद्ध भएकाहरु सहभागी हुनेछन । प्रवक्ता शर्माले भन्नु भयो, ‘सात वटै प्रदेश समितिका अधिवेशनहरु मंसीर १६ र १७ गते सम्पन्न हुने भएको छ ।

सात वटा प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि चाँही पार्टीका ७ जना नेतालाई संयोजक बनाउने गरी प्रस्तावित गरेका छौं । जस बमोजिम प्रदेश १ को संयोजकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र स्थान विराटनगर तय गरिएको छ । प्रदेश २ मा केन्द्रिय सदस्य रमेश रिजाल, स्थान जनकपुर । बागमती प्रदेशमा केन्द्रिय सदस्य, पूर्व महामन्त्री प्रकाशमान सिंह संयोजक र स्थान हेटौैंडा । गण्डकी प्रदेशमा केन्द्रिय सदस्य, पार्टीको पूर्व उपसभापति गोपालमान श्रेष्ठ र स्थान पोखरा । लुम्विनीमा पार्टीका केन्द्रिय सदस्य बालकृष्ण खाँण र स्थान बुटवल । कर्णाली प्रदेशमा जीवनबहादुर शाही र स्थानी सुर्खेत ।

सुदूरपश्चिम प्रदेशमा धनगढीमा र संयोजक केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडु । सम्बन्धित प्रदेशका केन्द्रिय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभाका संसदीय दलका नेता र प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु, संयोजक र उपसंयोजकहरु, नगरपालिकाका प्रमुख र उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु जो नेपाली काँग्रेसबाट निर्वाचित हुनु भो वा पछिल्लो समय नेपाली काँग्रेसमा आवद्ध हुनु भयो ।’

अहिले पनि काँग्रेस केन्द्रिय कार्य समितिको बैठक जारी छ । बैठकले महाधिवेशनसँग सम्बन्धित अन्य विषयहरुमा थप निर्णय गर्ने पनि प्रवक्ता शर्माले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -