काठमाडौँ, सर्वोच्च अदालत परिसरमा वकिलहरुले धर्ना दिइरहेका बेला प्रहरीले हस्तक्षेप गरेको छ ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बोलिरहेको समयमा प्रहरीले माइक र स्पिकर खोसेर शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेको हो ।
अध्यक्ष श्रेष्ठले न्याय किनबेचको वस्तु नभएको तर प्रधानन्यायाधीश चोलेन्द्र राणाले न्यायलयलाई कमाइ हुने स्थान बनाएको आरोप लगाएका थिए । प्रधानन्यायाधीशले न्यायालय प्रवेश गर्ने अधिकार गुमाइसकेको समेत उनको जिकिर थियो । उनले प्रधानन्यायाधीशको मात्रै होइन न्यायलयमा विचौलियाको काम गर्ने सबैको सम्पत्तिको छानबिन हुनुपर्ने माग गरेका थिए ।
चोलेन्द्रले संसदमा गरेको वाचा बिर्सिएर न्यायपालिकालाई विचौचियाको अखडा बनाएको आरोप लगाएसँगै प्रहरीले माइक तथा स्पिकर कब्जामा लिने प्रयास गरेको थियो ।








































