Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४०:३० बिहान
- ADVERTISEMENT -

महिला क्रिकेटरको तिहार विदेशमा

प्रकाशित मिति: २०७८ कात्तिक १९, शुक्रबार

438
Shares

काठमाडौं । नेपालमा बैदिक सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ । दशैं लगत्तै सुरु हुने अर्काे ठूलो चाडलाई तिहार तथा यमपञ्चक भनिन्छ ।

घर परिवारमा देउसीभैली खेल्दै र विभिन्न तरिकाले घर रंगाउँदै सुरु भएको छ, तिहार । आफ्ना दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने प्रचलन छ ।

दशैँ तथा तिहार लगायत अन्य पर्वबाट नेपाली खेलकुद अछुतो रहने कुरै भएन । विभिन्न धर्म मान्दै आएका अझ भनौ हिन्दुधर्मका खेलाडीको लागि दशैँतिहार सधैँ विशेष रहन्छ ।

तर, यस्तै पर्वका समय खेलाडीलाई प्रतियोगिता तालिका पर्दा भने एक प्रकारको तनाब सृजना हुन्छ । चाडपर्व आइरहन्छ राष्ट्रको लागि खेल्नु सौभाग्य भन्दै खेलाडी प्रतियोगितामा होमिन बाध्य हुन्छन् ।

हो, यस्तै भएको छ अहिले महिला टोलीलाई, आईसिसी वुमन्स टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरिसकेकाे छ । त्यसअघि तिहारकै समय नेपाली टोलीको बंगलादेशमा एक साताको प्रशिक्षण समय तय भएको छ । नेपाली टोली त्यसका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

नेपाली टोली बंगलोदशमै रहँदा खेलाडीले तिहार मनाउने छन् । नेपालले यसै समयमा बंगलादेशको एक स्थानिय एकेडेमीसँग मैत्रिपूर्ण खेल खेल्ने तालिकासमेत तय भएको छ ।

नेपालले बंगलादेशमा ४ देखि १४ नोभेम्बरसम्म तयारी गर्नेछ । त्यसपछि नेपाली टोली सिधै युएई प्रस्थान गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वान्टी विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् ।

नेपालले हङकङविरुद्ध खेल्दै अर्काे महिना प्रतियोगिताको सुरुवात गर्नेछ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्रले सहभागीता जनाउनेछन् ।

‘राउन्ड रोबिन लिग’ प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोलीले ‘ग्लोबल क्वालिफायर’मा स्थान बनाउनेछन् । ग्लोबल क्वालिफायर प्रतियोगिताबाट शीर्ष दुईले २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि स्थान पक्का गर्नेछन् ।

नेपाल हालसम्म ग्लोबल छनोटमा स्थान बनाउन सकेको छैन ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

नेपालको खेल तालिका –
२२ नोभेम्बर– हङकङविरुद्ध नेपाल
२३ नोभेम्बर – भुटानविरुद्ध नेपाल
२५ नोभेम्बर – कुवेतविरुद्ध नेपाल
२६ नोभेम्बर – मलेसियाविरुद्ध नेपाल
२८ नोभेम्बर – युएईविरुद्ध नेपाल

नेपाली टोली –
रुविना क्षेत्री (कप्तान), डली भट्ट, सीता रानामगर, करुणा भण्डारी, इन्दु वर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगिता राई

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -