Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३०:०० बिहान
- ADVERTISEMENT -

विद्युत आपूर्ति ३६ घण्टापछि सूचारु

प्रकाशित मिति: २०७८ कात्तिक १८, बिहीबार

331
Shares

चितवन । भरतपुर महानगरपालिकाको अधिकांश स्थानमा अवरुद्ध भएको विद्युत आपूर्ति ३६ घण्टापछि सूचारु भएको छ । मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत आपूर्ति बिहीबार बिहान १ बजेदेखि सूचारु भएको हो ।

भोजाडस्थित १३२/११ भरतपुर सवस्टेशनको ३० एमभिएका दुइटै पावर ट्रान्सफर्मर जलेपछि भरतपुर महानगरपालिका–१ देखि ५, ७ देखि १२, २९ र देवघाट क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको हो । विद्युत आपूर्ति अवरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सवस्टेशनको स्थलगत निरीक्षण गरी जतिसक्दो काम चाँडो गर्न निर्देशन दिएका थिए ।

विद्युत आपूर्ति बन्द भएपछि ५५ हजारभन्दा बढी सेवाग्राही प्रभावित भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए । भरतपुर सवस्टेशन ग्रिड महाशाखा हेटौंडा अन्तर्गत पर्छ । तत्कालका लागि महाशाखाले २२ एमभिएको ट्रान्सफर्मर जडान गरेर विद्युत आपूर्ति सहज बनाएको हो ।

बुधबार दिउँसो २ बजेदेखि उक्त ट्रान्सफर्मरमा तेल भरेर फिल्टर गर्न थालिएकोमा बिहीबार बिहान १ बजेबाट मात्रै विद्युत आपूर्ति सूचारु भएको हो । पोखराबाट अर्काे २२ एमभिएको ट्रान्सफर्मर पनि ल्याइँदै गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । घिसिङले बुधबार राति पनि सवस्टेशनमा पुगेर निरीक्षण गरेका थिए ।

‘बिहीबार बिहानबाट त्यो जडानको काम सुरु हुन्छ’, उनले भने । लक्ष्मी पूजामा भरतपुरबासीलाई उज्यालोमा राख्ने गरि काम भइरहेको उनले बताए । ‘हाललाई एउटा मात्रै ट्रान्सफर्मर चार्ज गर्दा उद्योग बाहेकलाई पुग्छ । बिहीबार अर्काे २२ एमभिएको ट्रान्सफर्मर जडान भइसकेपछि भरतपुरको सबै क्षेत्रलाई बिजुली पुग्छ,’ उनले भने ।

भरतपुरमा पछिल्लो पटक छिनछिनमै लाइन जाने समस्याले स्थानीयहरु हैरान भएका छन् । बुधबार अस्पताल लगायतका अत्यावश्यक स्थानमा छिमेकी सवस्टेशन पर्सा, चनौली र मुकुन्दपुरबाट ल्याएर वितरण गरिएको हो ।

देवनगरमा निर्माणाधीन अवस्थामा रहेको सवस्टेशन चार्ज हुन थालेपछि भरतपुरमा विद्युत आपूर्तिमा सहज हुने घिसिङले बताए । ‘पूर्वी चितवनमा ३३ केभी लाइन बनाउन दिइएको छैन । त्यसले गर्दा पनि यस्तो समस्या आएको हो,’ उनी भन्छन्, ‘त्यो लाइन भएको भए, त्यहाँबाट पनि हामीले बिजुली दिन सक्थ्यौं ।’

भरतपुरलाई भरपर्दाे रुपमा बिजुली दिनका लागि यहाँ सवस्टेशन थप्न लागिएको उनले बताए । ‘फिडर थप्ने, तार भूमिगत गर्ने काम हुँदै छ । यो सबै भरपर्दाे विद्युत आपूर्तिका लागि हो’, उनले भने, ‘अहिले यहाँ धेरै समस्या आएको कुरा मैले पनि सुनेको छु । केही ठाउँमा सडक विस्तारका क्रममा पनि लाइन जाने गरेको रहेछ ।’ भरतपुरमा प्राविधिक समस्या नआउनेगरी विद्युत आपूर्ति दिनका लागि सोहीअनुसार काम भइरहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -