Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१४:०७ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री रोजगार कार्यक्रम : युवा-बिद्यार्थी उत्साहित

प्रकाशित मिति: २०७५ फागुन २, बिहीबार

1974
Shares

काठमाडौंं, २ फागुन २०७५ । बेरोजगार युवा युवतीलाई स्वदेशमै रोजगारीका अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले घोषणा गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को विभिन्न राजनीतिक दलसँग आबद्ध युवा सङ्गठनले स्वागत गरेका छन् । बेरोजगार युवालाई रोजगार नभए भत्ता वितरण गर्नुपर्ने आवाज उठाउँदै आएका युवा सङ्घ सङ्गठनले सरकारले घोषणा गरेको कार्यक्रमको स्वागत गर्दै सफल बनाउन आआफ्नातर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

सरकारले हिजो मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम् रोजगारीको अवसर सिर्जना गर्न सरकारले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । सो कार्यक्रमबाट आम युवा उत्साहि भएकोयुवा संघका अध्यक्ष रमेश पौडेल बताउनु हुन्छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार युवालाई केही हदमा भएपनि रकम उपलब्ध गराउने पौडेलको भनाई छ । उहाँले आफूहरुको प्रमुख मागमध्ये एक माग पूरा भएकाले अब बेरोजगारलाई भत्तासहित चाँडै नै सबै युवालाई सरकारले रोजगारतर्फ जोड्नुपर्ने बताउनुभयो । “तमाम युवा बेरोजगार भएर निराश भएका थिए”, पौडेलले भन्नुभयो, “प्रधानमन्त्री रोजगारले बेरोजगार युवालाई आशा जगाएको छ ।”

उहाँले कार्यक्रमलाई चाँडै कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिँदै समाजवाद राज्यको आधारशीलाका रुपमा उक्त कार्यक्रमलाई लिइएको बताउनुभयो । युवा संघकै बरिष्ठ उपाध्यक्ष किरण पौडेल पनि यो कार्यक्रमले आम युवाहरुलाई उत्साहि बनाएको र रोजगारी नपाएर बिदेसिनु पर्छ भन्ने मानसिकतामा परिवर्तन ल्याएको बताउनु हुन्छ ।

वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा पनि मुलुकको सन्दर्भमा यो रोजगार कार्यक्रम ऐतिहासिक भएकाले आफूहरुले सकारात्मकरुपमा लिएको बताउनुभयो । “यसअघिका सरकार जे जति बने तिनले बेरोजागर युवालाई स्वरोजगार बनाउने कुरा मात्र गरेका थिए”, सापकोटाले भन्नुभयो, “तर अहिलेका सरकारले सके बेरोजगार युवालाई रोजगार दिने नभए भत्ता दिने कामको शुरुआत गरेको छ । बेरोजगार युवालाई स्वरोजगार बनाउने एउटा माध्यम बनेको छ ।”

तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाही युवा सङ्घ सङ्गठनले विगतदेखि उठाउँदै आएको रोजगारीको सुनिश्चितता एवं बेरोजगार भत्ता दिनुपर्ने माग सम्बोधन हुने बताउनु हुन्छ ।उहाँले यो कार्यक्रम आम युवा लक्षित हुुनुपर्ने बताउनुहुन्छ । आम बेरोजगार युवासम्म पुग्ने गरी कार्यक्रम लैजानुपर्नेमा जोड दिँदै उहाँले परिणाम देखिने गरी निष्पक्षरुपमा कार्यक्रमको कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “यो कार्यक्रमले सम्पूर्ण बेरोजगार युवालाई समेट्न सकेमा यसको प्रभावकारिता बढ्छ । प्रतिपक्षी दलको युवा सङ्गठन भन्दैमा तरुण दलले यसको अहिल्यै समर्थन या विरोध गर्दैन, पार्टी कार्यकर्तालाई जागिर लगाउने नभई पार्टीभन्दा माथि उठेर कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

यस्तै अनेरास्वबियूका उपाध्यक्ष सुनिता बराललेपनि योकार्यक्रमले युवाहलाई उत्साहित बनाएको बताउँछिन । पढेर पनि बेरोजगार भएका बिद्यार्थीलाई यो कार्यक्रमले जोडछ,बरालले भन्नुभयो । अखिल महासचिव ऐन महर र सचिव सुदेश पराजुलीले पढेर पनि बेरोजगार भएका विद्यार्थीलाई रोजगारसँग जोड्ने बताउनुभयो ।

उहाँले कार्यक्रमले अब विद्यार्थी पढेर पनि बेरोजगार भन्न नपाउने स्थितिको सिर्जना गरेको बताउनुभयो । कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ । परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो परिवारलाई १०० दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम निर्वाह भत्ताका रुपमा प्रदान गरी सामाजिक सुरक्षाको व्यवस्था गरिनेछ ।

निर्वाचनका समयमा विभिन्न राजनीतिक दलले बेरोजगार युवालाई रोजगार तथा भत्ता दिने चुनावी घोषणापत्रमा उल्लेख गरे पनि कार्यान्वनमा आलटाल गर्दै आएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी घोषणापत्रमा उल्लेख भएको कार्यक्रमलाई वर्तमान सरकारले मूर्त रुप दिएको छ ।

मुलुकभित्रका उत्पादनका साधनलाई निष्क्रिय छाडेर अधिकांश युवा रोजगारीका लागि विदेशिनुपरेका अवस्थामा सरकारले घोषणा गरेको यस कार्यक्रमले युवालाई स्वदेशमै रोजगारी तथा उद्यम गर्न आकर्षित गर्न सक्ने अपेक्षा सरकारको रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -