काठमाडौं, १२ कात्तिक २०७८ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले उच्च नैतिक र सर्व स्विकार्य न्यायालय बनाउन सबैले गम्भीर भएर सोच्ने बेला आएको बताउनु भएको छ । आज सामाजिक संजाल मार्फत उक्त कुरा बताउनु भएको हो ।
युवा नेता प्रदिप पौडेल सामाजिक संजाल फेसबुकमा लेख्नुहुन्छ :
पछिल्लो समय न्यायपालिकामा भईहरेको खटपटीले यस संस्थाको गरिमालाई धुलिसात पारिदिएको छ ।
न्यायलयलाई बिबादमा पार्ने र यसको गरिमा घटाउने काम कसैबाट हुनुहुदैन । त्यसैले न्यायाधीश नियुक्ति गर्ने राजनैतिक परिपाटीको अन्त्य हुन आवश्यक छ ।
न्यायलयको संबेदनसिलता बुझ्न नसक्नेहरूबाट यसको सही नतृत्व हुनसक्दैन । उच्च नैतिक र सर्व स्विकार्य न्यायालय बनाउन सबैले गंभीर भएर सोचौं ।








































