Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२९:४७ बिहान
- ADVERTISEMENT -

नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने प्रधानमन्त्रीको घोषणा

प्रकाशित मिति: २०७८ कात्तिक ४, बिहीबार

686
Shares

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताए ।

सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रमा अनुगमनका लागि हिँडेका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थल करिब आधा घन्टा बिताएका थिए । देशभर बाढीपहिरोको कारण ठूलो क्षति भएको भन्दै उनले सरकारले उचित क्षतिपूर्ति दिने घाेषणा गरे ।

प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायत विभागीय मन्त्रीहरूसँग समेत छलफल गरेका थिए । बिहीबार बिहान ८ः२० मा उनी काठमाडौंबाट सुर्खेत आइपुगेका थिए ।

प्रधानमन्त्री कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न आएका हुन् । सुर्खेत विमानस्थलमा हेलिकप्टरले फ्युल भरेपछि उनी डोटीको दिपायल लागेका छन् । नेपाली सेनासँग बाढीपीडितको अवस्था बिफ्रिङ सुनेर उनी बझाङ थलाराको स्थलगत अवलोकन गरे ।

प्रधानमन्त्रीले बझाङ चैनपुर सैनिक ब्यारेकमा ब्रिफिङ, ढुंगाड बाढीपहिरो पीडित क्षेत्रको स्थलगत अवलोकन र डडेल्धुराको दहस्थित सैनिक ब्यारेकमा लन्च खाने कार्यक्रम छ ।

दह ब्यारेकमा खाना खाएर प्रधानमन्त्री देउवा डडेल्धुराको जोगबुढामा बाढीको स्थलगत अवलोकन गर्ने, त्यहाँबाट कन्चनपुरको महेन्द्रनगर सैनिक ब्यारेकमा पुग्ने कार्यक्रम छ । कन्चनपुरमा रहँदा ब्रहमदेव र चाँदनी दोधाराको स्थलगत अवलोकन गर्ने छन् ।

आज बेलुका उनी कैलालीको धनगढीको डिभोटीमा बास बस्ने छन् । प्रधानमन्त्री देउवा भोलि मात्र काठमाडौं फर्किने छन् । उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायर छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -