जुम्ला, कात्तिक २ गते । भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि किसानलाई रुनु र हास्नु भएको छ ।
जुम्लाको तिला र हिमा नदी छेउ छाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधााका खेतहरुमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको किसानहरुले जनाएका छन् ।
जुम्लाको तातोपानीदेखि पानसय क्षेत्र र कुडारी हँुदै नुवाकोट क्षेत्रमा भारी बर्षा र बाढीले मार्सीधानका कतै खेत त कतै धान डुबाएको स्थानीयले जनाएका छन् । मार्सीधानको उद्गम स्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढी आएको र ठूला ठूला काठमा पुलहरु समेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार लाक्षु ज्यूलाको बिचैमा बाढी आएर भित्र्याउन लागेको धानमा ठूलो क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार तिला नदि बढेर तातोपानी धारामा समेत आउन थालेको छ ।
तातोपानी गाउँपालिका ४ हाँकु क्षेत्रको ठाँटा ज्यूलोमा ठूलो क्षेति भएको स्थानीय देवीप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो चारभारी सहित किसानको ५०, ६० भारीको धानको फाँटमा नदी बगिरहेको बताउनुभयो । उहाँका अनुसार हाँकुको नेत्रज्योति माविको प्रांगणमा पानी पसिसकेको छ ।
यता चन्द्यननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि ठूलो बाढी आईरहेको किसान धनरासी भण्डारीले जानकारी दिनुभयो ।
तिला गाउँपालिका ४ का स्थानीय प्रेमबहादुर शाहीका अनुसार अविरल बर्षाले तिला गाउँपालिकाको वडा नम्बर ४ स्थित सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुल समेत बगाएको छ ।गोरखापत्र








































