Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:१० दिउँसो
- ADVERTISEMENT -

भारतले आठौँ पटक जित्याे साफ च्याम्पियनसिपको उपाधि, नेपाल स्तब्ध

प्रकाशित मिति: २०७८ असोज ३१, आइतबार

633
Shares

काठमाडौँ, आइतबार, ३१ असोज २०७८ । दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप २०२१ को उपाधि भारतले जितेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३-०ले पराजित गर्दै भारतले आठौँपटक साफको उपाधिमा कब्जा जमाएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह र साहल अब्दुलले समान एकएक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि नेपाल सम्हालिन नसक्दा भारतले २ मिनेटमै २ गोल गर्न सफल भयो । कप्तान सुनिलले ४९औँ मिनेटमा गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको एक मिनेटमै सुरेशले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । त्यसपछि खेलको इञ्ज्युरी समयमा साहल अब्दुलले गोल गर्दै भारतलाई ३-०को जित दिलाए ।

योसँगै भारतले आठौँपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । साउथ एसियन एसोसिएसन अफ रिजनल को अपरेसन (सार्क) गोल्ड कपको नाम सुरुवात भएकाे साफमा भारत यसअघि सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१६ मा च्याम्पियन भएको थियो ।

प्रतियोगिताको दोस्रो स्थानमा रहेर नेपाल २८ वर्षपछि पहिलोपटक उपाधि होडमा पुगेको थियो । तर, बलियो भारतविरुद्ध उत्कृष्ट प्रदर्शन नसक्दा नेपाल उपाधिबाट वञ्चित बन्यो । खेलमा नेपालले पनि धेरै अवसरहरु पाएपनि त्यसलाई सदुपयोग गर्दै गोलमा परिणत गर्न सकेन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -