Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४९:४५ बिहान
- ADVERTISEMENT -

गोरखकाली मन्दिरबाट हनुमानढोकाको दशैँघरमा फूलपाती पठाइयो

प्रकाशित मिति: २०७८ असोज २६, मंगलबार

740
Shares

गाेरखा, मंगलबार, २६ असोज २०७८ । गोरखाको गोरखकाली मन्दिरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती पठाइएको छ । गएराति गोरखामा विधिपूर्वक सङ्कलन गरिएको फूलपाति आज बिहान बा २ झ २१२९ नम्बरकाे सरकारी मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।

यो वर्ष गोरखा दरबार हेरचाह अड्डाका पुजारी कुलबहादुर थापा फूलपाती लिएर काठमाण्डौ जानु भएको हो । हनुमानढोकामा फूलपाती लैजानका लागि पुरातत्त्व विभागले काठमाण्डौबाट मोटर पठाएको थियो ।

गएकाे वर्षहरुमा कोरोना सङ्कटका कारण संक्षिप्त रुपमा कार्यक्रम गरी फूलपाती पठाउने गरिएकोमा यो वर्ष भने बाजागाजासहित हर्षोल्लासका साथ फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताउनुभयो ।

गोरखकाली मन्दिरको दशैँ घरको फूलपाती काठमाण्डौको हनुमानढोकामा रहेकाे दशैँघरमा पठाउने परम्परा करिब ४ सय वर्ष पुरानो रहेको उहाँको भनाइ छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोरखाबाट हनुमानढोका दशैँघरमा फूलपाती लैजाने परम्परा बसेको हो ।

उहाँले १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गर्नुभएकाे थियाे । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो । तर जङ्गबहादुर राणाको उदयपछि फूलपातीको परम्परा बन्द भएको भुषालले बताउनुभयो । काठमाण्डौ र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने मोटरमार्फत फूलपाती काठमाण्डौ पठाउने चलन सुरु भएको उहाँको भनाइ छ ।

त्यही परम्परालाई निरन्तरता दिँदै यो वर्ष पनि मोटरमार्फत फूलपाती काठमाण्डौ पठाइएको भुषालले बताउनुभयो । यसप्रकारको परम्पराले गोरखा दरबार र हुनमानढोकाको ऐतिहासिक पक्षलाई जीवन्त राख्न सहयोग पुग्ने उहाँको भनाइ छ । पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको यस परम्परालाई पुरानै शैलीमा निरन्तरता दिनुपर्ने गोरखा सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

पुरानो हुलाकी मार्ग हुँदै फूलपाती लैजाने परम्परालाई जोगाउन सके इतिहासको संरक्षण र प्रवर्द्धन सहयोग पुग्ने उहाँको विश्वास छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -