Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:२२ बिहान
- ADVERTISEMENT -

चाडपर्वमा सन्तुलित खानपान

प्रकाशित मिति: २०७८ असोज २६, मंगलबार

958
Shares

काठमाडौँ, असोज २६ गते । चाडपर्व भन्नेबित्तिकै खानपान अरू दिनभन्दा फरक हुने गर्छ । नजिकिएको दशैँ, तिहारलगायतका चाडपर्व त खानपानको चाडका रूपमा लिने गरिन्छ । यद्यपि दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खानपान गर्न सुझाव दिएका छन् ।

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेका धेरै घटना रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले बताउनुभयो ।

दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुने जानकारी उहाँले दिनुभयो ।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्ने गरेको उहाँले बताउनुभयो । डा. कोइरालाले भन्नुभयो, “खसी, बोका, राँगा र बङ्गुुरको मासु रातो हुनाले मानिसको स्वास्थ्यमा असर गर्ने गर्छ । त्यसैले सकभर त्यस्तो मासुमा बजारको मसला हालेर खानु हुँदैन ।”

दशैँमा एक दिन खसी काटेर १० दिनसम्म खाने चलन छ । डा. कोइरालाको भनाइमा यसरी धेरै दिनसम्म मासु राखेर खानु स्वास्थ्यका लागि राम्रो हँुदैन । चाडपर्वमा शारीरिक व्यायाम नगर्नाले पनि कोलेस्ट्रोल तथा चिल्लो बढ्ने र मुटुमा असर गर्ने उहाँको भनाइ छ । “रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्छ”, डा. कोइरालाले प्रस्ट पार्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -