काठमाडौं । कास्कीको पोखराबाट पर्यटकीय गाउँ घान्द्रुक जाँदै गरेको जीप दु’र्घटना हुँदा ८ जनाको मृ’त्यु भएको छ। गाडीमा सवार ९ जना मध्ये चालकसहित ८ जनाको मृ’त्यु भएको कास्की प्रहरीले जनाएको छ ।
ग १ ज ६९०० नम्बरको बोलेरो जीप दिउँसो २:00 बजेको समयमा घान्द्रकुस्थित कलाभीर भन्ने ठाउँमा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत भने हुन सकेको छैन । दसैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू दु’र्घटना परेको हुने सक्ने कास्की प्रहरीले जनाएको छ ।








































