काठमाडौं, असोज २२ गते । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।
उहाँले पदबहालीका क्रममा डिजिटल दस्तखत गर्दै कामको शुभारम्भ गर्नुभएको थियो । यस अघि उहाँ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीमा रहनुभएको थियाे ।








































