गोरखा, बिहिबार, १४ असोज २०७८ । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत संघिय महाधिवेशन प्रतिनिधि पदमा प्रकाश चन्द्र दवाडीले उमेद्वारी घोषणा गर्नु भएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत वडा अधिबेशन, पालिका स्तरीय अधिबेशन र प्रदेशस्तरिय अधिबेशन सफलतापुर्बक सम्पन्न भएपछि संघिय महाधिवेशन प्रतिनिधिमा उहाँले उमेद्वारी घोषणा हो ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा निति सहितको नेतृत्व रोजौ !
राम्रो मध्येको उत्कृष्ट नेताको खोजी गरौ ।
”मेरो राजनिति समाजकै टेवाको लागि
मेरो राजनीति तपाईंहरुकै सेवाको लागि ”
भन्ने सिद्दान्तलाई अनुसरण गर्दै पार्टी भित्र बैचारिक क्षमता,पारदर्शी नेतृत्व स्थापित गर्नका साथै सुदृढ , सुसंगठित र बलियो कांग्रेस निर्माणका लागि नेपाली काँग्रेस गोरखा नेता, महासमिति सदस्य, गण्डकी प्रदेश सभा सदस्य, गोरखाली युवाको ढुकढुकी, समाजसेवी, ईमान्दार, सक्षम , गोरखाली जनताको मनमुटुमा बस्न सफल तथा कुशल राजनीतिज्ञ प्रकाश चन्द्र दुवाडीले संघिय महाधिवेशन प्रतिनिधि पदमा उमेद्वारी धोषणा गर्नु भएको हो ।








































