गोरखा, सोमबार, ११ असोज २०७८ । गोरखा कां’ग्रेस प्रदेश क्षेत्रको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत वडा अधिबेशन र पालिका स्तरीय अधिबेशन सफलतापुर्बक सम्पन्न भएको गोरखा जिल्लामा प्रदेशस्तरिय अधिबेशन असोज १२ गते निर्धारण गरिएअनुसार गोरखामा मंगलवार हुने नेपाली कां’ग्रेसको प्रदेश क्षेत्रको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
मंगलवार हुने चारवटा प्रदेश क्षेत्रको अधिवशेनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने कार्य तालिका रहेको छ । मंगलबार बिहान ८ः३० बजेदेखि १०ः४५ बजेसम्म उमेद्वारी दर्ताको समय तोकिएको सहायक निर्वाचन अधिकृत शिबबहादुर थापाले बताउनु भयो ।
त्यसैगरी, मंगलबार बिहान ११ :१५ देखि ११ः३० बजे नेपाली बणानुक्रम अनुसार उमेद्वारीको नामावली प्रकाशन गरिने तालिका रहेको छ । ११ः३० देखि १२ः१० बजे सम्म उमेद्वारीमा दावी बिरोध तथा मनोनयन फिर्ता लिने समय तोकिएको छ ।
दिउसो १२ : ३० बजे अन्तिम नामावली प्रकाशन र १ः३० देखि ४ः३० सम्म मतदान हुने सहायक निर्वाचन अधिकृत थापाले बताउनु भयो । बेलुकी ७ बजे सम्म मतगणना सक्ने गरी तालिका बनाइएको उहाँले बताउनु भयो ।
चारवटै प्रदेश क्षेत्रमा खटिएका मतदान अधिकृतलाई एउटै तालिका पठाइएको बताउँदै उहाँले निर्वाचन भएको खण्डमा एकैसाथ नतिजा आउन सक्ने जानकारी दिनुभयो ।
प्रदेश क्षेत्र १ क को गोरखा सदरमुकाम, ख को आरुघाट बजार, प्रदेश क्षेत्र २ क को पालुङटार र ख को भच्चेक बजारमा अधिवेशनको कार्यक्रम तोकिएको छ ।








































