गोरखा, शनिबार, ९ असोज २०७८ । कां´ग्रेस १४ औं अधिबेशनबाट पार्टी सभापतिमा छ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
आज भएको १४ औँ अधिवेशनमा चुमनुब्री गाउँपालिकामा सुर्य गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ, शहीदलखन गाउँपालिकामा काशिनाथ अम्गाई, अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ, गण्डकी गाउँपालिकामा होमबहादुर राना सर्वसम्मत नेतृत्वमा चयन हुनु भएको छ ।
गोरखा नगरपालिकामा भने चन्दनबाबु खत्री र डिलबहादुर थापा मगर बिच प्रतिषप्रर्धा हुने भएको छ । अहिले मतदानको प्रक्रिया सुरु भईसकेको छ । पालुङटार नगरपालिकामा अमर धिताल र बिमल ढकालले उमेद्धवारी दर्ता गराउनु भएको छ ।
भिमसेन थापा गाउँपालिकामा नारायण भट्टराई र दिनेश (लक्ष्मण) नरालले उमेद्धवारी दर्ता गराउनु भएको छ ।
बारपाक सुलिकोट गाउँपालिकामा जितबहादुर घले र केशरी ढकालले पालिका सभापतिमा दावी गर्नु भएको छ ।
सिरानचोक गाउँपालिकामा सभापति पदमा चार जना उमेद्धवार रहनु भएको छ । ज्ञानेन्द्र गुरुङ, बिर बहादुर थापा, भक्त बहादुर गुरुङ र जयकृष्ण ढकालले उमेद्धवारी दर्ता गराउनु भएको छ ।








































