Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:००:१९ दिउँसो
- ADVERTISEMENT -

पहिरोले सडक अवरुद्ध हुँदा सिक्चेतमा देखिएको खाद्यान्न समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री

प्रकाशित मिति: २०७८ असोज ८, शुक्रबार

352
Shares

गोरखा, ८ असोज २०७८ । माननीय गृहमन्त्री बालकृष्ण खाणले पहिरोले सडक अवरुद्ध हुँदा गोरखाको चुमनुबरी गाउँपालिकाका वडा नम्बर ६ को सिक्चेत गाउँमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताउनु भएको छ । ‘चूम सिक्चेत मानखाङ गुम्बा’को उद्घाटन गर्न आज सिक्चेत पुग्नुभएका मन्त्री खाणले सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि तत्काल पहल सुरु गर्ने बताउनुभयो ।

गत भदौ दुई गते लोक्पा र सर्दी भिरमा गएको पहिरो अझै नरोकिदा सिक्चेत गाउँमा अहिलेसम्म खाद्यान्न पुग्न सकिरहेको छैन । मानिसहरू आवतजावत गर्न पनि समस्या भइरहेको छ । मन्त्री खाणले पहिरो हटाउनका लागि आफ्नो मन्त्रालयबाट हुने काम गर्न सँगै जानुभएका मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेललाई निर्देशन दिनुभयो ।

अन्य सरोकारवाला निकायसँग पहिरो हटाउने विषयमा पहल गर्ने मन्त्री खाणले प्रतिबद्धता जनाउनु भयो । उहाँले सिक्चेतमा देखिएको खाद्यानको समस्या समाधान गर्न मन्त्रालयको विपद् व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु गर्ने बताउनु भयो । ‘पहिरोले यहाँ आउने मुल सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि मन्त्रालयको विपद व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु हुन्छ ।

आवश्यक खाद्यान्न हेलिकोप्टरबाट भए पनि यहाँसम्म पु¥याउने व्यवस्था हुन्छ,’ मन्त्री खाणले भन्नुभयो ।

मन्त्री खाणलाई चुमनुबरी गाउँपालिका वडा नं ६ का अध्यक्ष लोप्साङ थुन्जो लामाले त्यहाँका पहिरोलगायतका वडाले झेल्नु परेका समस्याबारे अवगत गराउनु भएको थियो । उहाँले दुई भदौबाट जान लागेको पहिरो नरोकिदा खाद्यान्न समस्या भोग्नु परिरहेको, सञ्चारको सुविधा नभएको, सुरक्षाको सुविधा नभएको भन्दै मन्त्री खाणलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो । ध्यानाकर्षण पत्र बुझ्दै समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो ।

सिक्चेत गाउँ बौदिष्टहरू बस्ने भएकाले त्यहाँ हिंसा हुँदैन । त्यही विषयमा धारणा राख्दै मन्त्री खाणले संसारलाई अहिंसाको दिशामा अगाडि बढाउन जरुरी रहेको बताउनु भयो । अहिंसामा मात्रै शान्ति हुने भन्दै मन्त्री खाणले शान्ति मानिसको प्रारम्भिक चाहना रहेको बताउनु भयो । उहाँले इलामका धर्मगुरु आत्मनन्द लिङ्देनको उदाहरण दिँदै उहाँले सिंगो गाउँलाई नै शाकाहारी बनाएको बताउनु भयो ।
करिब दुई हजार छ सय जनसंख्या रहेको गाँउमा कुनै घटना घटेमा सुरक्षाकर्मी आइपुग्न छ घण्टा लाग्छ । प्रहरी चौकी चुम्लिङमा रहेको स्थानीयहरूले जानकारी दिए । एउटा प्रहरी चौकीको माग पनि स्थानीयले गरेका थिए । त्यहाँ कुनै पनि नेटवर्कको टेलिफोनको टावर टिप्दैन । न्याक गाँउमा नेपाल टेलिकमको टावर निर्माण भएको र त्यो टावर सञ्चालनमा ल्याउन स्थानीयबासीले माग गरेका थिए । मन्त्री खाणले टेलिकमसँग टावर सञ्चालनमा ल्याउन पहल गर्ने बताउनुभयो ।

गुम्बा खेम्पो कर्मा दावाको आर्थिक सहयोगमा निर्माण भएको हो । त्यस्तै दावाकै आर्थिक सहयोगमा निर्माण भएका सिक्चेतका ३७ मुलघर पनि स्थानीयलाई हस्तान्तरण गरिएको थियो । मन्त्री खाण आजै काठमाडौँ फर्किनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -