गोरखा, ४ असोज २०७८ । काठमाडौ गण्डकी गाउँपालिका सम्पर्क समितिका सचिव राजेन्द्र धमलाको गण्डकी प्रदेश प्रतिनिधिमा उम्मेद्बारी घोषणा गर्नु भएको छ ।
साबिकको दर्बुङ गाविस, गण्डकी गाँउपालिका वडा नम्बर-५ निवासी नेका काठमाडौ गण्डकी गाँउपालिका सम्पर्क समितिका सचिव राजेन्द्र धमलाले नेपाली काग्रेस गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ (क) बाट गण्डकी प्रदेश प्रतिनिधिको लागी उमेदवारी घोषणा गर्नु भएको हो ।
नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्तर्गत संसोधित अधिवेशन तालिका अनुसार प्रतिनिधि सभाका प्रदेशहरुको यहि मिति २०७८ असोज १२ गते अधिवेशन हुन गई रहेको छ।
१३ औ महाधिवेशनमा समेत क्षेत्रिय प्रतिनिधी हुनु भएका धमला लामो समय देखि प्राध्यापन पेशामा रहनु भएको छ । धमलाको उमेदवारी लाई लिएर विभिन्न बैठक, समारोह, भेटघाटहरुमा चर्चा हुदै आएको भएपनि धमलाले आज सामाजिक संजाल मार्फत आफ्नो उमेदवारी आधिकारिक रुपमा घोषणा गर्नु भएको हो ।
स्पष्ट युवा वक्ताको रुपमा गोरखा काग्रेसमा आफुलाई स्थापित गर्नु भएका धमलालाई केन्द्र , जिल्ला तह देखि स्थानिय तह सम्मका नेता कार्यकर्ताहरुको साथ,सहयोग र समर्थन रहेको समेत चर्चा हुदै आएको छ ।
धमलाले आज नै सामाजिक संजाल फेसबुक मार्फत “अग्रजलाई सम्मान,युवा लाई प्रोत्साहन” टाईटलमा नव-निर्वाचित हुनु भएका वडा सभापती लगाएत क्षेत्रिय प्रतिनिधीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेका प्रतिनिधि सभा क्षेत्र नम्बर १ (क) का वडा सभापती,क्षेत्रिय प्रतिनिधीहरु लाई आफ्नो पक्षमा मतदान गरिदिन समेत विनम्र अनुरोध गर्नु भएको छ।








































