Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:२६ बिहान
- ADVERTISEMENT -

१३ जिल्लाको क्रियाशील सदस्यता विवाद पनि सहमति नजिक : नेता पौडेल

प्रकाशित मिति: २०७८ असोज १, शुक्रबार

542
Shares

काठमाडौं, शुक्रबार, १ असोज २०७८ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ ।

१४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ ।

बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील सदस्यता विवाद पनि सहमति नजिक पुगेको क्रियाशील सदस्यता छानविन समिति सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘प्रदेश दुईका सबै जिल्लाको विवाद हामीले टुंग्याएका छौं, बाँके–१, डोल्पा र रसुवाको सदस्यता विवाद पनि टुंग्याउने प्रक्रियामा छौं,’ उनले भने, ‘शनिबारसम्म बाँकी सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसक्छ ।’

प्रदेश दुईका धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, सिराहा र पर्सा गरी आठ वटै जिल्लामा क्रियाशील सदस्यतालाई लिएर विवाद देखिएको थियो । क्रियाशील सदस्यता छानबिन समितिले धनुषा-४, सर्लाही–२, बारा र सप्तरीको सदस्यता विवाद सुल्झाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो । त्

यस्तै रसुवा, बाँके, कैलाली, सुर्खेत र डोल्पामा समायोजनलाई लिएर विवाद थियो ।

कांग्रेसमा क्रियाशील सदस्यता विवादमा सहमति खोज्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले काम गरिरहेका छन् । तीन नेताले गरेको सहमति कार्यान्वयनका लागि क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु प्रदीप पौडेल, जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । नेताहरु शुक्रबार पनि छलफलमै छन् ।

बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । योसँगै कांग्रेसमा ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको हो ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन प्रक्रिया सुरु भइसकेको छ । डडेल्धुरा जिल्लासहित ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको भने बाँकी जिल्लाको वडा अधिवेशन ५ असोजकमा हुनेछ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -