Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५९:५७ बिहान
- ADVERTISEMENT -

प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति: २०७८ भदौ १९, शनिबार

314
Shares

सिन्धुपाल्चोक, शनिबार, १९ भाद्र २०७८ । सिन्धुपाल्चोकका बाढी प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । शनिबार बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु र मेलम्ची पुगेका गृहमन्त्री खाँणले मेलम्ची र इन्द्रावती नदीमा आएकोे बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा ‘चेकड्याम’ बनाउनुपर्ने बताए ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा बस्ती बचाउन कहाँ–कहाँ कति वटा ड्याम बनाउनुपर्ला भनेर विस्तृत अध्ययन गरिने उनले बताए । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नं २ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

गृहमन्त्रीसहित सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए ।

गत असार १ र साउन १६ गतेको आएको वर्षाको कारण सो क्षेत्रमा पाँच जनाको मृत्यु, छ घाइते र २० बेपत्ता छन् । बाढीपहिराले १५ पुल, सडक खेत र सयौँ घरटहरासहित ठूलो धनजनको क्षति भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -