Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५९:०२ बिहान
- ADVERTISEMENT -

बाँके कांग्रेसमा सभापतिका आकांक्षी ८ जना

प्रकाशित मिति: २०७८ भदौ १९, शनिबार

343
Shares

नेपालगञ्ज, शनिबार, १९ भाद्र २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मीले बाँके कांग्रेसलाई पनि छोएको छ । पूर्व प्र्र्र्रधानमन्त्री तथा पार्टी सभापति स्व. सुशील कोइरालाको गृह जिल्लामा पार्टी सभापतिको दाबेदरका रूपमा दुई समूहका ८ जना आकांक्षी देखिएका छन् ।

कोइराला क्याम्पबाट नारायण गौडेल, सुनील नरसिंह राणा र ज्ञानु केसी प्रमुख दाबेदार मानिए पनि गौडेल सशक्त उम्मेदवार हुन् । यसैगरी देउवा क्याम्पबाट निरञ्जन सिंह सिंजापति, बादशाह कुर्मी, लक्ष्मीनारायण शाह र राजकुमार बर्माले दाबी गरेका छन् । यद्यपी देउवा क्यम्पबाटै पूर्व सभापति कृष्णमान श्रेष्ठलाई सर्वसम्वत जिल्ला सभापति बनाउने गरी एक समूह लविङ्मा लागेको छ ।

तीन संघीय निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन क्षेत्र नम्बर १ बाट देउवा क्याम्पका वर्तमान क्षेत्रीय सभापति माधवराम खत्री तेस्रो ईनिङ्गको लागि प्रवल दाबेदार हुन् । उनीमाथि क्रियाशिल सदस्यता विधान विपरित गरेको आरोप लगाउँदै एक समूह काठमाडौंमा छ ।

क्षेत्र नम्बर १ बाटै कोइराला समूहका शशक्त दावेदार नेपाल पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका पोषण केसी हुन् । कोइराला समूहकै डिल्ली गिरी पनि क्षेत्रीय सभापतिका आकांक्षी छन् । उनी वर्तमान समितिका सचिव हुन् ।

नेपालगञ्ज उपमहानगरसमेत रहेको निर्वाचन क्षेत्र नम्बर २ मा कोइराला खेमाबाट राजकुमार साहु र देउवा समूहबाट तरुणदल बाँकेका अध्यक्षसमेत रहेका विरेन्द्रबहादुर शाह र वर्तमान सभापति रमेश गुप्ताको दाबी रहेको छ ।

बाँके क्षेत्र नम्बर ३ मा देवबहादुर खत्री नक्की खाँ र प्रकाश शाहीबीच प्रतिश्पर्दा रहे पनि खाँलाई सर्वसम्मत बनाउने प्रयासमा केही समूह लागेको कांग्रेस निकट स्रोतले बताएको छ ।

नेपालगञ्ज उपमहानगर सभापतिमा नेपालगञ्ज उपमहानगरकी उपमेयर उमा थापा कोइराला क्याम्पबाट दाबी गरिरहेकी छन् । यस्तै देउवा क्याम्पबाट प्रशान्त विष्ट र बिनोद रिजालको दाबी रहेको छ ।

यसैगरी कोहलपुर नगरपालिकामा कोइराला खेमाबाट बिरेन्द्र शाह र टेकनारायण भुषाल आकांक्षि छन । उसो त सो खेमाबाट वर्तमान सभापति बलराम शर्मालाई प्रदेशमा लैजाने गरी तयारी गरिएको छ । देउवा प्यानलबाट राजेन्द्र श्रेष्ठ मैदानमा उत्रिने तयारि गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -