Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:३६ बिहान
- ADVERTISEMENT -

बिपी स्वास्थ्य प्रतिष्ठानले सुरु गर्यो अक्सिजन उत्पादन, १६ सय लिटर क्षमताको अक्सिजन प्लान्ट सञ्चालन

प्रकाशित मिति: २०७५ माघ २५, शुक्रबार

1410
Shares

धरान, २५ माघ २०७५ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफैँ अक्सिजन उत्पादन सुरु गरेको छ । आफ्नो लागि आवश्यकताभन्दा दोब्बर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो ।

वातावरणमा भएको हावालाई मेसिनले लिएर अक्सिजन उत्पादन गर्न थालिएको हो । अक्सिजनका लागि कच्चा पदार्थ खरिद गर्नुपर्दैन । मेसिन खरिदमा एकमुष्ठ तीन करोडभन्दा बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ । प्लान्टमा खटिने तीनजना प्राविधिक र बिजुलीमा मात्र खर्च हुन्छ ।

दुई वर्षअघि तत्कालीन उपकुलपति प्राडा बिपी दासको पालामा काठमाडौंको डाग्नोकेप प्रालिले ठेक्का पाएर नयाँ दिल्लीस्थित युनिसी प्रालिबाट प्लान्ट ल्याइएको थियो । ठेकेदार कम्पनीले मेसिन जडान नगरिदिँदा त्यत्तिकै थन्किएर बसेको थियो ।

हाल नयाँ पदाधिकारीले उक्त मेसिन प्रतिष्ठानकै खर्चमा जडान गरेका हुन् । प्लान्ट जडान गरेपछि प्रतिष्ठानले ठेकेदार कम्पनीसँग क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ । यसअघि प्रतिष्ठानमा दैनिक दुई सय ५० लिटर उत्पादनको क्षमता भएको अक्सिजन प्लान्ट रहेको थियो । ६ महिनाअघि बिग्रिएर प्लान्ट थन्किएको छ । विगत लामो समयदेखि अन्यत्रबाट अक्सिजन खरिद गर्दा दैनिक ७० लाख खर्च हुँदै आएको थियो ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार र अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले बिहीबार प्लान्टको उद्घाटन गर्नुभयो । उपकुलपति रौनियारका अनुसार प्रतिष्ठान हाताभित्र रहेको अक्सिजन प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर उत्पादन हुन्छ । एक घन्टामा १० वटा सिलिन्डर भर्न सकिने बुस्टर क्षमता छ ।

दिनमा ६० वटा सिलिन्डर भर्न सकिनेछ । प्रत्येक बेडमा पाइपलाइन विस्तार गरी उक्त लाइनबाट दैनिक पाँच सय लिटर अक्सिजन सप्लाई भइरहेको प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर प्रदीपराज साहले जानकारी दिनुभयो ।

हाल प्रतिष्ठानलाई आठ सय लिटर प्रतिमिनेट अक्सिजनको आवश्यकता पर्छ । तर, प्रतिष्ठानमा हाल १६ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन हुने भएको छ । प्रतिष्ठानका उपकुलपति डा रौनियारले बढी भएको अक्सिजन प्रदेश १ भरिका अस्पताललाई बिक्री गर्ने तयारी गरेको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -