Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५५:१५ बिहान
- ADVERTISEMENT -

विद्यालय खोल्न पाइने

प्रकाशित मिति: २०७८ भदौ १६, बुधबार

708
Shares

काठमाडौं, बुधबार, १६ भाद्र २०७८ । काठमाडौं उपत्यकामा गत १६ बैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले चार महिना यता जारी गरिंदै आइएको निषेधाज्ञा हटाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा जारी निषेधाज्ञा अन्त्य गर्ने निणर्य गरेको जानकारी दिए । ‘प्रोटोकल पालना गरेर दैनिकी अघि बढाउँने गरी धेरै क्षेत्र खुला गर्दै निषेध आदेश हटाएका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले हाम्राकुरासँग भने ।

उनका अनुसार स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमति लिएर विद्यालयसमेत संचालन गर्न पाउने छन् । यस्तै सिनेमा हलहरुसमेत स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न पाइने छ भने मन्दीर तथा धार्मिक क्षेत्रहरुसमेत खुला हुनेछन् ।

तर भीडभाडजन्य गतिविधिहरु गर्न भने पाइने छैन । यस्तै सभा, जुलुस, जात्रा, महोत्सव, भोज आदी गर्न पाइने छैन । यसैगरी चाडपर्वहरु न्यूनतम सहभागीतामा भीडभाड नहुने गरी संचालन गर्न पाइने छ ।

यस्तै स्थानीय ढुवानीका लागि भने बिहान ९ बजेदेखि ११ बजे र दिउँसो ४ बजेदेखि ७ बजेसम्म सवारी साधन संचालन गर्न पाइने छैन । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सवारी साधन संचालन गर्न पाइने छ ।

जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचना अनुसार यो नियम १७ भदौ देखि भदौमसान्तसम्म लागू हुनेछ । संक्रमण बढेमा भने फेरि निषेधाज्ञा लागू हुन सक्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -