काठमाडौं । व्यवसायी चन्द्र ढकाल नेपाल धितोपत्र बोर्डको संचालक समितिमा नबस्ने भएका छन्। उनले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएका हुन् ।
ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकाल पनि पछिल्लो समय सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिदको विवादमा मुछिएपछि समितिमा नबस्ने भएका हुन् । सो खरिद विवादमा मुछिएपछि यसअघि हिजो नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिइसकेका छन् ।
अब उद्योग वाणिज्य महासंघका तर्फबाट ढकालको सट्टा अरुलाई नै धितोपत्र बोर्ड संचालक समितिमा पठाउने तयारी भएको छ।








































