Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:४२ बिहान
- ADVERTISEMENT -

चल्तिको राजनीति खल्तिको नोट !

प्रकाशित मिति: २०७८ भदौ २, बुधबार

745
Shares

काठमाडौं, भाद्र २०७८ ।

बासु न्यौपाने

एउटा मिडिल क्लास परिवारमा जन्मेको म मा राजनीति गर्ने शोख निकै थियो ।

एउटा तीन बर्षे टेक्निकल र अर्को पन्ध्र महिने टेक्निकल एजुकेसन हासिल गरेको म राजनीति गर्नै भनी राजधानी हानिए ।

मनमा थोरै पीडा र धेरै हर्ष उल्लासका साथ खल्तिमा बचेको केही पैसाले म राजधानी पुगे । पहिलो पटक राजधानीमा पाइला राखेको हुनाले होला मेरा लागि चन्द्रमा पाइला टेक्नु बराबर नै थियो ।

सुदुरको केटो सुदुर कै मान्छे भएको ठाउँ जाने निधो गरे र एक जना भाइलाइ फोन लगाए “हेलो भाइ म आउदै छु तिम्रो मा एक दुइदिनलाइ त्यतै बस्छु अनि अर्को रुम लगेर बस्न पर्छ ल” भाइले पनि मेरो कुरै नकाटी हुन्छ दाइ भन्यो र पाँगा दोबाटो पुगे मलाइ फोन गर्नु होला म त्यतै हुन्छु भन्यो । एकछिनमा म त्यही पुगे र फोन लगाए “भाइ पाँगा दोबाटो आइपुगे चाडै आइहालत” भाइ नजिकै आइ दर्सन टक्रायो र दुबै जना आफ्नो गन्तव्य तर्फ लाग्यौं ।

साझ पाहुनाको रुपमा गएको म “मासु त खानै पर्यो ख्वाउनै पर्यो भोलि फेरि फेसबुकमा नेताको फोटो हाल्ने साथीलाई भेट्नु छ आफू पनि त्यसै गरी नेता हुनुछ” मनमनै सोच्दै मासु लिन गए मासु लिएर आइयो र पकाइयो खाइयो अनि सुतियो ।

रातिको दुई बजिसक्दा पनि आखाले सुत्न मानिरहेका छैनन मनमा जिन्दावाद मुर्दावाद नारा घन्किरहेका छन् । रोस्टम अगाडि उभिएर भासण गरिरहेको महसुस भैरहेको छ र त किन निन्द्रा पो आउथ्यो जेनतेन बाध्यात्मक तरिकाले सुतियो । बिहान उठ्दा ९ बजि सकेको रहेछ हस्याङ फस्याङ ओछ्यान बाट उठे र फ्रेस हुन निस्किए माथी बाट घरबेटी कराउदै हुनुहुन्थ्यो “कति मान्छे बोकेको यो बाबू ले” म अचम्म परिराथे । एकछिन फ्रेस भएर मोबाइल हातमा लिएर एक जना नेताको फोटो हाल्ने साथिलाइ फोन लगाए तर उस्को फोन उठेन फेरि फोन लगाए फोन उठ्यो :

म : के हो यार फोनै उठ्दैन त नेता सङ्ग होकि क्या हो ।
उ : अँ यार अलि बिजि नै भैन्छ सबै काम मैले गर्न पर्छ ।
म : ल ल भोलि मलाई तेरो नेता सङ्ग भेटा है त ।
उ : भोलि नेताको भेट्ने सेडुअल छैन पर्सि बिहान आइजो है त । त्यतिकै मा फोन काटियो ।

“भोलि त त्यता जाने भैयो आज चाहिँ के गर्ने त” मनमनै सोच्दै थिए त्यति कै मा पुनः अर्को साथीलाई फोन घुमाए उस्ले चाहिँ बानेश्वर भेट्ने कुरा गर्यो । म हतारमा प्लेन नै छुट्छ कि तरिकाले बस स्टेसन पुगे खलासी भाइ बोल्दै थियो “बल्खु,कालिमाटी,टेकु,आरएनएसी,रत्नपार्क” मैले मनमनै सोचे “म त बानेश्वर जाने हो यता बस पाउदैन कि क्या हो” त्यतिकै ट्याक्सी नजिकै आइ भाइ कता जाने हो सोध्नुभयो मैले हतारमा बानेश्वर दाइ भने आउन त बस भन्नुभयो न भाडाको कुरै नगरी बसिहाले बानेश्वर कता त्यो त थाहा थिएन मलाई फेरि त्यो साथिलाइ फोन लगाए “कता आउनु पर्ने हो मैले उस्ले भन्यो “फलानो क्याफेमा आइजोन” मैले ट्याक्सि वाला दाइलाई त्यही लोकेसन दिए ।

एकछिनमा म त्यही लोकेसनमा पुगे र ओर्लिदा दाइ भाडा कति भयो सोधे दाइले ७०० भन्नू भयो म झसङ्ग भए र फेरि सोधे दाइ कति रे “दाइले फेरि भन्नू भो ७०० देउन भाइ” त्यति त छैन दाइ ५०० मा मिलाउनु “ह्या भाइ कति किचकिछ गरेको ७०० देउ भनेसी देउन एक रुपैयाँ मिल्दैन त्यस्मा त” दाइले भन्नू भयो । नेता हुन आएको मान्छे ठिकै छ सोचेर ७०० निकालेर दिए र क्याफे भित्र छिरे ।

साथीको वरिपरि केटाहरुको लर्को ठुलै थियो । गेटअफ पनि खान्दानी परिवार सङ्गै मिल्न जान्थ्यो नजिकै पुगि के छ यार भनिहाले अलिक पछाडी सारेर त होइन हजुर भन भन भन्यो लु त ठुकै छ सोचेर मैले नि हजुर हजुर दिए ।

गाउँ बाट शहर पुगेको मलाई खाजा सेटमा त्यही म:म,चाउमिन र समोसा मात्र थाहा थियो । एकछिनमा उस्ले अर्डर गर्यो “भाइ एउटा पिज्जा ल्याउ त “म मनमनै सोचिराथे यस्ले त अर्डर गर्यो खाने कसरी हो लाज त हुन्न कतै” म पिज्जा लेखेको भित्ता तिर एकोहोरो हेरिरहे र एकछिनमा पिज्जा पनि नजिकै आयो ।

खाने पो कसरी मनमा खुलदुली भैराथ्यो एकछिन पछी ह्या जे होस खाने नै हो सोचेर स्वाट्टै हातले समातेर खान सुरु गरिहाले नजिकैका साथिका मित्रहरुले एकोहोरो म तिर हेरिरहेका थिए म वास्तै नगरी खाइ भ्याए ।

गाँउको बिर्खे यता आएपछी त बिकास भैसकेको थियो । मनमा लिदै “यो सब नेता कै कमाल त होला नि” लाग्यो । बस्दा बस्दै साझ परिसकेको थियो मैले साथिलाइ भने म निस्किन्छु यार अब बेर भैसक्यो रुम समयमा पुग्न पर्छ लागे म त भने साथिले मेरो बोलिलाइ रोक्दै भन्यो “आज जन्नत देखाउछु बे आज मेरो मा बस भन्यो “ह्या जे सुकै होस आज यतै बस्छु सोछे र बस्ने निधो गरे ।

रातिको ८ बजे साथिले ठमेल जाने निर्णय गर्यो गैदिम एकदिन त होनि सोच्दै त्यतै हिडियो । ठमेलको झिलिमिलीले मेरो मन गार्डन गार्डन भैरहेको थियो सोच्दै थे “नेपाल त अबिकसित देश भन्थे खै मलाइ त लागेन देश ले त विकास गतिमा अग्रगामी छलाङ नै हानेको रैछ जनता नै खत्तम हुन यत्तिकै नेतालाइ गाली गर्छन” मैले यो बिर्सिसकेको थिए कि राजधानी बाहिर पनि नेपाल भन्ने देश छ ।

ठमेलको गेटअफले अमेरिकाको आनन्द दिन्थ्यो बस खल्तिमा पैसा भए । म सङ्ग त त्यही घर बाट गाडिमा आउदा बचेको पैसा मात्र थियो त्यस्मा पनि ७०० ट्याक्सिलाई दिसकेको थिए । त्यतिकै नजिकैको डान्स बारमा पुगियो आफू त गाउँ तिर डिजेमा नाच्न बानी परेको शहरको डिजेले त्यो पनि कोठा भित्रको के रमाइलो होला र लागिराथ्यो त्यतिकैमा ढोका नजिक पुगेर भित्र पस्न लाग्दा भित्रको चमत्कारले मेरो मनलाइ बलात्कार गरिहाल्यो साथिले भनेको जन्नत त साच्चिकै जन्नत रैछ यार स्वतन्त्रता भनेको यो होनि गाउँ तिर फरिया,गुनिउचोली, कुर्ता सुरुवाल त एउटा महिलालाई बन्धकमा बाध्ने पहिरन रहेछ ।

लाग्यो मैले यो बिर्सिसकेको थिए । ठमेल भन्दा बाहिर पनि हाम्रो आफ्नै धर्म संस्कृति र पहिरन छ । जस्ले हामिलाइ नेपाली भनेर विश्वमा चिनाइरहेको छ यतिकैमा भित्र पसियो ।

छेउको सोफामा बसेर भित्तामा चित्रहरु के हेर्दै थे एउटि सुन्दरी नजिकै आइ सोध्न थालिन राजा ड्रीङ्स मा के लिनु हुन्छ ? मैले छिट्टै जवाफ फर्काए एकग्लास पानी ल्याउनु है! सुन्दरी फेरि मस्किदै पानी मात्र अनि जवानी चाहिँ ? म एकछिन ट्वाल्ल परे! मनै त होनि जवानी परि आए लिम्लानी हुन्छ उस्लाइ जवाफ फर्काए ।

आफू मद्यपान देखि टाढा नै थिए । त्यो साथिको करकाप बाट नि जोगिदै साथिको रुम पुगियो फेरि उस्को रुम पनि त्यो डान्सबार भन्दा कम थिएन । साथीको अध्ययनको लेभल पनि त्यही राम्रो थिएन परिक्षामा सेन्टर मै आफ्नो मान्छे पठाएर परीक्षा उतिर्ण हुदो रैछ भिजन सिजन त्यस्तै हो नेताको पावरमा अलि अलि ठेक्का पट्टा अरुलाइ पारे बाफतको कमिसन उस्लाइ आउदो रैछ खल्ती गाठ कहिले खाली हुन्थेन ।

फेरि आट पनि उस्तै एक फोनमा २०-२५ जना तु आउथे नेताका कार्यक्रममा आउने मास को ठेक्कापट्टा पनि उसैले हान्दो रैछ । जिल्लामा जिल्ला अध्यक्षको हैसियत तर उ जिल्लामा कहिले फेला पर्दैन । म भने यो सब कुरामा पोक्त थिएन । त्यही दिनको रमझमले मेरो आँखा खोल्दियो राजनीति भिजनले होइन पैसा ले हुन्छ नेता सिद्धान्तले होइन पैसाले जन्माउदो रैछ । पार्टिले विधानले होइन नोटले जल्दो रैछ । नेता भोटले होइन नोटले चुनाव जित्दो रैछ । दोस्रो साथिको नेतालाइ भेट्न भनेर म नेताकै हाउसमा पुगे त्यहा भेट्नेको लर्को थियो मलाइ भने अनुहार हेर्न र फोटो खिच्न कै झर्को थियो । सबका हातमा आफ्ना मान्छेलाइ जागिर लाउने चिट त कसैको हातमा कम्पनिका फाइल नै थिए त्यो सब देखेर मलाई लाग्यो सब गर्ने भनेको नेता हुनैकै लागि त होनि मेरो हातमा त फोटो लिनलाइ एउटा स्मार्ट फोन मात्र थियो र खल्ती बचेको पैसा । मनमनै सोच्दै निरास हुँदै म रुम फर्किए । म त्यो लाइक थिएन । जस्का कारण मैले अहिले नेता बन्ने सोच मन बाट त्यागी सके ।

तसर्थ : राजधानी भनेको राजनीति गर्ने अखडा होइन आफ्नो भविष्य बनाउने ठाउँ हो । राजनीतिलाई नै पेशा बनाएर आफ्नो समय बर्बाद नगरौं ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -