गोरखा, १ भाद्र २०७८ । गोरखाको आरुघाटमा एक कोरोना संक्रमितको मृ’त्यू भएको छ ।
आरुघाट ३ थुमीकी ८१ वर्षिय महिलाको उपचारको क्रममा आरुघाट गाउँपालिकाको कोभिड अस्पतालमा मृ’त्यू भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताउनु भयो ।
साउन २८ गते कोरोना संक्रमण भएको उनी ३१ गतेदेखि कोभिड अस्पताल भर्ना भएकी थिईन । उनको मंगलवार बिहान मृ’त्यू भएको हो ।








































