Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३५:०८ बिहान
- ADVERTISEMENT -

प्रहरीका प्रमुखसँग गृहमन्त्री बालकृष्ण खाणले गर्नुभयो टेलिफोन बार्ता

प्रकाशित मिति: २०७८ साउन २८, बिहीबार

406
Shares

काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका पाँच जिल्लाका प्रमुखसँग टेलिफोन बार्ता गर्नु भएको छ । गृहमन्त्री बालकृष्ण खाणले
जिल्लाको सुरक्षा अवस्था र समस्याबारे जानकारी लिनु भएको छ । मन्त्री खाणले अर्घाखाँची, रुकुम पूर्व, मुस्ताङ, गोरखा र प्यूठानका प्रहरी प्रमुखलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिनु भएको छ ।

गृहमन्त्री खाणले अर्घाखाँचीका प्रहरी प्रमुख नायव उपरीक्षक अम्मरबहादुर श्रेष्ठ, रुकुम पूर्वका प्रहरी प्रमुख नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठ, मुस्ताङ प्रहरी प्रमुख नायव उपरीक्षक श्यामकुमार दानी, गोरखा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खनाल र प्यूठानका प्रहरीका कार्यवाहक प्रमुख प्रहरी निरीक्षक देवीप्रसाद गैह्रेलाई टेलिफोन गरेर जानकारी लिनुभएको हो ।

गृहमन्त्री खाणले गोरखा प्रहरी प्रमुख उपरीक्षक शेखर खनालसंग टेलिफोनमा जिल्लाका समस्या र समाधानका उपाय विषयमा कुराकानी गर्नुभएको छ । गृहमन्त्री खाण्ले टेलिफोन गरेर जिल्लाको सुरक्षा अवस्था, कोभिड-१९ ले संगठनमा पारेको प्रभाव, अहिले जिल्लामा रहेका सुरक्षा अधिकारीहरूमा कोभिड संक्रमण छ कि छैन, बाढी पहिरोले संगठनका भौतिक संरचना र जनशक्तिमा पारेको प्रभावबारे जानकारी उपरीक्षक खनालसंग जानकारी लिनु भएको छ । गृहमन्त्रीले सरकारले उपलब्ध गराएको तल्लो दर्जाका कर्मचारीको रासन प्रयाप्त छ कि छैन भनेर पनि जिज्ञासा राख्नुभएको छ ।

प्रहरी कर्मचारीको सेवा सुविधानबारे पनि गृहमन्त्री खाणले जिज्ञासा राख्दै समाधानका उपाय सुझाउन बताउनु भयो । मुख्यगरी जवानको रासन र खानाको विषयमा मन्त्रीको जोड थियो ।

त्यसैगरी, प्यूठानका कार्यवाहक प्रहरी प्रमुख निरीक्षक देवीप्रसाद गैह्रेसंग गृहमन्त्रीले सुरक्षा अवस्था, प्रहरीले सुरु गरेको मास्क अभियान, तल्लो तहका कर्मचारीको रासन अवस्था, प्राकृतिक प्रकोपको समस्याबारे जानकारी लिनुभयो ।

गृहमन्त्रीले मुख्यगरी रासन व्यवस्था र जिल्लाको समग्र शान्ति सुरक्षाबारे जानकारी लिनुभएको हो । उहाँको मुख्य जोड प्रहरीको रासन र खानाबारे थियो । मैले एउटै मेसमा खाना खाने भएकाले अहिलेसम्म समस्या नदेखिएको जानकारी गराउनु भयो ।’ प्यूठानका प्रहरी प्रमुख नायव उपरीक्षक सुसिल मल्ल बिदामा रहेको जानकारी निरीक्षक गैह्रे द्वारा सचिबालयमा जानकारी दिनुभएको छ ।

प्रहरीको रासन अपुग भएको गुनासो आएपछि तथ्य के हो भनेर जिल्ला जिल्लाबाट गृहमन्त्री खाणले जानकारी लिनु भएको हो । यसअघि मन्त्री खाणले यसअघि प्रहरीको सुदूरपश्चिम प्रहरी तालिम केन्द्रमा तालिम गराइरहेका र गरिरहेका प्रहरीहरूलाई खाना र अन्य विषयमा टेलिफोन गरेर जानकारी लिनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -