Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४२:५८ बिहान
- ADVERTISEMENT -

बढेपछि कति पुग्यो शिक्षकको तलब ? [विवरणसहित]

प्रकाशित मिति: २०७८ साउन २८, बिहीबार

379
Shares

काठमाडौं, बिहिबार, २८ साउन २०७८ । सरकारले यही साउन महिनादेखि लागु हुने गरी सरकारी कर्मचारीको तलबमान वृद्धि गरेको छ ।

अर्थ मन्त्रालयबाट २४ साउनमा स्वीकृत भएको नयाँ तलवमानलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउन लागेको हो । यससँगै विद्यालयका शिक्षकहरुको नयाँ तलवमान लागू हुनेछ ।

माध्यामिक तहका शिक्षकहरुलाई ३ तह छुट्याएर नयाँ तलब निर्धारण गरिएको छ । माध्यामिक तहको शिक्षकको प्रथम श्रेणीको शुरु तलब स्केल ४९ हजार ३ सय ८० रुपैयाँ छ । छैटौँ ग्रेडको प्रतिग्रेड दर १६ सय ४६ रुपैयाँ थप हुँदा ५९ हजार २ सय ५६ रुपैयाँ मासिक तलब पुगेको छ ।

द्वीतीय श्रेणीको शुरु तलब स्केल ४२ हजार ३ सय ८० कायम रहेकोमा प्रतिग्रेड संख्या १४ सय १३ रुपैयाँले आठौं ग्रेडका शिक्षकको तलब ५३ हजार ६ सय ८४ रुपैयाँ पुगेको छ भने तेश्रो श्रेणीको ८ औं ग्रेड शिक्षकको प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप भएर ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ ।

यस्तै, निम्नमाध्यामिक तहका शिक्षकतर्फ प्रथम श्रेणीका शिक्षकको सुरुको तलबमान ३९ हजार ८ सय ८० रुपैयाँ रहेको छ । प्रतिग्रेड १३ सय ३० रुपैयाँ थपसहित प्रतिमहिना ५० हजार ५ सय २० रुपैयाँ पुगेको छ ।

दोस्रो श्रेणीका शिक्षकको सुरुको तलब ३७ हजार ९ सय ९० रुपैयाँ रहेको छ । प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप हुँदा मासिक तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ । यस्तै, तृतीय श्रेणीको शिक्षकको सुरुको तलब ३० हजार २ सय रुपैयाँ रहेकोमा प्रति ग्रेड १ हजार ७ रुपैयाँ जोड्दा ३८ हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

यसैगरी प्राथमिक तहका शिक्षकतर्फ प्रथम श्रेणीका आठौं तहका शिक्षकको सुरुको तलबमान ३७ हजार ९ सय ९० रुपैयाँ पुगेको छ भने प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप गर्दा ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ ।

द्वितीय श्रेणीका प्रावि शिक्षकको सुरु तलब ३० हजार २ सय पुगेको छ भने प्रतिग्रेड १ हजार ७ रुपैयाँ गरी कुल मासिक ३८ हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

तृतीय श्रेणीको छैटौँ तहका शिक्षकको सुरु तलब २८ हजार ६ सय १० मा प्रतिग्रेड ९५४ रुपैयाँ थपिँदा मासिक तलब ३४ हजार ३ सय ३४ रुपैयाँ पुगेको छ ।

एसएलसी अनुत्तीर्ण छैटौँ तहका शिक्षकको सुरुको तलब २४ हजार १० रुपैयाँमा प्रति ग्रेड ८ सय १ रुपैयाँ थपिँदा २८ हजार ८ सय १६ रुपैयाँ पुगेको छ ।

यस्तै, दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण छैटौं तहका शिक्षकको सुरुको तलबमान २२ हजार ६ सय ८० मा प्रतिग्रेड ७ सय ५६ थपिँदा २७ हजार २ सय १६ रुपैयाँ पुगेको छ ।

शिक्षकको तलबमान:-

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -