काठमाडौं, २७ साउन २०७८ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् ।
बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन् । बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए ।
उनलाई विद्युत् प्राधिकरणकाका कर्मचारीले स्वागत गरेका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
घिसिङ झन्डै ११ महिनापछि विद्युत् प्राधिकरणमा फर्किएका हुन् । घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।
घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो ।








































