काठमाडौं,शनिबार, १६ साउन २०७८ । काठमाडौंको महाराजगञ्जमा पूर्व युवराज पारस शाहका स´मर्थकले प्र´दर्शन गरेका छन् ।
शुक्रबार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाईकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको विषयलाई लिएर उनका स´मर्थकले प्र´दर्शन गरेका हुन् ।
पूर्व युवराजलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै युवाहरुले प्रहरीको बि´रुद्धमा नाराबाजी गरेका थिए ।
नारायणगोपाल चोकमा एउटा समूहले प्र´दर्शन गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले बताए । ‘प्रदर्शन भएको थियो’ डिएसपी विष्टले भने–‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।’
शुक्रबार साँझ हेलमेट नलगाई मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेपछि ट्राफिक प्रहरी र उनको बीचमा हातपात भएको भिडियो सार्वजनिक भएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडि बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए । हेलमेट ल्याएपछि प्रहरीले उनलाई छाडेको थियो ।








































