Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:२१ बिहान
- ADVERTISEMENT -

जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था

प्रकाशित मिति: २०७५ माघ १७, बिहीबार

967
Shares

काठमाडौँ,१७ माघ १७ २०७५ । नेपालमा पहिलोपटक जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ । सरकारले हरेक स्थानीय तहका लागि ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकको छनोटमा यस्तो प्रणालीको प्रयोग गर्न लागिएको हो ।

करारमा नियुक्त गर्न लागिएका संयोजकहरूको परीक्षा प्रणालीलाई निष्पक्ष बनाउन सरकारले कम्प्युटरबाटै परीक्षा दिनुपर्ने व्यवस्था मिलाउन लागेको हो । रोजगार संयोजकका लागि दिइने आवेदन पनि पूर्णरूपमा अनलाइनमार्फत् नै भर्ने व्यवस्था मिलाइएको छ । शुक्रबारसम्म रोजगार संयोजकका लागि फर्म भने म्याद तोकिएको छ ।

आवेदकको शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशत र अनुभवका आधारमा प्रारम्भिक छनोट गरिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रारम्भिक छनोटमा परेकाहरूको अन्तिम छनोट कम्प्युटरबाटै गर्ने व्यवस्था गर्न लागेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालले संयोजकको छनोट प्रक्रियालाई निष्पक्ष बनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्देशनअनुसार कम्प्युटरबाटै परीक्षा लिने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“मन्त्रीज्यूले यसमा प्रधानमन्त्री र मेरो पनि ‘सोर्स’ नचल्ने गरी काम गर्नु भनेर आदेश दिनुभएको छ ।”
करारमा नियुक्त हुने रोजगार संयोजक पदका लागि समावेशी व्यवस्था पनि नराखिएको जानकारी दिँदै डा. भुसालले जो अब्बल छ उसले नै रोजगारी पाउने व्यवस्था गर्न खाजिएको बताउनुभयो । परीक्षामा समावेश हुनेले परीक्षा दिँदादिँदै आफ्नो नतिजा थाहा पाउन सक्ने व्यवस्था गर्न लागिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो,“ परीक्षालाई वैज्ञानिक, वस्तुगत र पारदर्शी बनाउने छौंँ ।”

देशभरका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागिएको छ । आवेदन दिने काम सकिएपछि त्यसको १० दिनपछि आवेदन दिनेमध्येबाट प्राररम्भिक छनोट गरिनेछ भने फागुनको १५ देखि २० गतेसम्ममा रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशन गरिने जानकारी दिँदै उपसचिव भुसालले भन्नुभयो,“चैत १ गतेदेखि बेरोजगारहरूको दर्ता सुरु हुनेछ ।”
हरेक केन्द्रमा रही रोजगार संयोजकले बेरोजगारको तथ्याङ्क सङ्कलन तथा रोजगार दाता र बेरोजगारका बीचमा बसेर मध्यस्ताको काम गर्नुपर्नेछ । केन्द्रमार्फत् सम्बन्धित स्थानीय तहमा भएका बेरोजगारलाई सूचीकृत र अद्यावधिक गरिनेछ भने बेरोजगारको तथ्याङ्क सङ्कलन गर्दा योग्यता, अनुभव र उनीहरूको रुचिको क्षेत्रमा रोजगारीको व्यवस्था मिलाउन प्रयत्न गरिने छ । केन्द्रले ‘जब पोर्टल’ बनाएर अनलाइनमार्फत् बेरोजगारहरूको दर्ता गर्नेछ ।

नेपालको संविधानको मौलिक हकमा पहिलो पटक रोजगारीको हकलाई समेटिएसँगै रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ल्याइएको थियो । सम्भवतः नेपालमा रोजगारीका लागि सरकारले ल्याएको यो नै सबैभन्दा ठूलो ‘स्केल’को कार्यक्रम हो ।

रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरूको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ ।

चालू आर्थिक वर्षको बजेटमा बेरोजगार जनशक्तिको दर्ता र रोजगारीका अवसरको सूचना आदानप्रदान गर्न प्रदेशको सहकार्यमा रोजगार सूचना केन्द्र स्थापना गरिने, श्रम बजारमा माग अनुसारको सीपयुक्त जनशक्ति आपूर्ति गर्न छोटो अवधिका निःशुल्क तालिम सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -