काठमाडौ, ४ साउन २०७८ । गृहमन्त्री बालकृष्ण खाणले मनाङको चामेमा गएको प’हिरोबाट पी’डितका समस्या समाधान गर्न सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपाने, रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुन थापा, उपरथी शरदलाल श्रेष्ठ, त्यहाँ काम गरिरहेका प्रमुख सेनानी (इञ्जिनियर) इन्दिवर गुरुङलाई बोलाएर मनाङ पहिरोको समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
मनाङमा आएको पहिरोले मस्र्याङ्दी नदीबाट चामे जाने पु’लमा रुख र झ’रपात अड्काएर नदीको बहाव अर्कोतिर पुर्याएको थियो । त्यसलाई खुलाउने र पहिलाकै अवस्थामा फर्काउने काम गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि बैठकमा भएको छ । समितिले त्यो नदीमा अड्किएको झारपात कसरी हटाउने र पूर्ववत अवस्थाका कसरी पठाउने भन्ने अध्ययन गरेर काम सुरु गर्नेछ ।
त्यस्तै गृहमन्त्री खाणले बेसीसहरबाट खाधान्न चामेसम्म पुर्याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्नसमेत निर्देशन दिएका छन् । ‘मनाङबासीले खाध्यान्न बेसी सहरसम्म पुर्याउने र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरबाट खाध्यान्न र औषधि चामेसम्म पुर्याउन मन्त्रीज्यूबाट निर्देशन भएको छ,’ बैठकमा सहभागी गृहमन्त्रीका नीजि सचिव नरेन्द्र केसीले भने ।








































