Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४२:५२ बिहान
- ADVERTISEMENT -

आज शहिद दिबस

प्रकाशित मिति: २०७५ माघ १६, बुधबार

1600
Shares

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

काठमाडौँ, माघ १६ गते । प्रजान्त्रका लागि प्राण आहुती दिने वीर शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि आज (माघ १६ गते) शहीद दिवस मनाइँदैछ ।

कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो ।
वि.सं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो ।

क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाइएको थियो । यो घटनापछि कारागारमै शहीद दिवस मनाउन थालिएको थियो तर त्यो समाचार पनि प्रजातन्त्र स्थापना भएपछि मात्र सार्वजनिक भयो ।

बि स २००८ साल असारमा गोरखापत्रमा प्रकाशित समाचार अनुसार आचार्य र शर्माले कारागारमै शहीद दिवस मनाउन थाल्नुभयो । पछि वि.सं २०११ सालसम्म नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्ले शहीद सप्ताह मनाएको थियो । त्यसअघि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हर्ष उल्लासमा वि.सं २००९ सालमा तत्कालीन राजा त्रिभुवनको अध्यक्षतामा शहीद सप्ताह मनाइएको थियो ।
वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार राजा महेन्द्रको २०१७ साल पुस १ गतेको कदम अघिसम्म हर्ष उल्लाससाथ शहीद दिवस मनाइन्थ्यो । वि.सं. २०१७ सालपछि दलमाथि प्रतिवन्ध लगाइएपछि शहीद सप्ताह ओझेलमा प¥यो, उमङ्गका साथ मनाउन नै छोडियो । सार र वास्ना नभएको खल्लो रूपमा यो दिवस मनाइयो । काठमाडौँ नगरपालिका तहमा मनाइने शहीद दिवस २०४६ पछि भने हर्षोल्लासका साथ मनाउन थालियो ।

शहीद दिवसमा विदा दिने प्रचलन भए पनि हटाइयो तर यो वर्ष प्रदेश– ३ सरकारले शहीद दिवस मनाउन सार्वजनिक विदाको घोषणा गरेको सभासद् नरोत्तम वैद्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘‘ शहीदकै बलिदानले प्रजातन्त्र आएको हो, अज्ञात शहीदप्रति आभार व्यक्त गर्न कोही कहिल्यै नचुकौँ । तर वरिष्ठ पत्रकार रिसाल भने सरकारमा बस्नेले मात्र शहीद दिवस मनाएजस्तो भएको छ , जनस्तरमा भिजेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -