Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:५४ बिहान
- ADVERTISEMENT -

सक्षम नेतृत्व : डम्बर खड्का जिल्ला कार्य समिति सभापति पदमा उम्मेदवारी

प्रकाशित मिति: २०७८ साउन ३, आइतबार

529
Shares

काठमाडौं, ३ साउन २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदो छ । 

महाधिवेशन नजिकिदै गर्दा जिल्लामा पनि अधिवेशनको चटारो बढ्दै छ । जिल्ला अधिवेशनका लागि नेताहरु आआफ्नो उम्मेदवारी घोषणा गर्दै गाँउ दौडाहामा व्यस्त हुन थालेका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका पूर्व कोषाध्यक्ष तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष ,नेपाली काँग्रेस खेलकुद समन्वय बिभागका केन्द्रिय सदस्य डम्बर खड्का जिल्ला कार्य समितिको सभापति पदमा उम्मेदवारी दिने बताउँछन् । यसै बिषयमा गरिएको कुराकानी यस्तो छ ।

 
१‍‍‍‍ . तपाई आसन्न पार्टीको अधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवारी दिन लाग्नु भएको भन्ने हल्ला छ । वास्तविकता के हो ?

वास्तवीक सहि हो यथास्थितीमा पाटी रहिरहे पुन पाटीका उमेद्धवारलाई बिजयी गराउन नसकिने अवस्था रहेको भन्दै इलामका अग्रज ब्यत्तित्वहरु र तामाम युवा र पाटीका साथिहरुले मलाइ उमेद्धवारी बन्नु पर्छ भनी प्रस्ताव गरेको हुँदा सोही अनुरुप मैले सभापति पदको दावेदारी दिन लागेको हो ।

२. पार्टी सभापति पदमा यो भन्दा अगाडि पनि प्रतिष्पर्धा गरेका र हाल वहालमा रहेका साथीहरु पनि प्रतिष्पर्धी छन् । उनीहरुसँग भिड्न तपाइँको योजना के छ ? :

यो भन्दा पहिला सभापति भैसकेका हाम्रा आदारणीय अग्रजहरु हुनुहुन्छ । तर उहाँहरुसँग प्रतिष्पर्धा गर्दा उहाँहरुले गरेका पुराना कार्यहरुले नेपाली काँग्रेस इलाम जिल्लामा राम्रो सँगले अगाडि बढ्न नसकेको, भातृ संस्थाहरु चलायमान नभएको, गुटबन्दीले चरम सिमा नाघेको, पार्टीले पटकपटक स्थानीय र संसदीय चुनावमा हार व्यहोर्नु परेको, पार्टीको आफ्नो भवन नभएको, युवाहरुको भावना समेट्न नसकेकाे, शिक्षक संघ जस्तो बौद्धिक संस्थालाई संवोधन गर्न नसकेको लगायत विभिन्न कारणले समस्या रहेको छ । साथै नेपाली काङ्ग्रेसको आफ्नै भवन निर्माण गर्न हरेक गाउँमा पार्टी प्रशिक्षण गराउन, पार्टीका साथीहरुको संरक्षण गर्न र आसन्न निर्वाचनमा युवाहरुको साथै साथीभाइको मनोबल उच्च राख्न र नेपाली काङ्ग्रेसलाई पहिलेकै स्थानमा पु¥याउन साथै दक्ष र सक्षम कांग्रेस बनाउदै १ नबर पाटी  बनाउन मेरो उम्मेदवारी रहने छ ।

३. नेपाली काँग्रेसको इलामको संगठन अत्यन्तै कम्जोर अवस्थामा छ भन्ने गरिन्छ । यसलाइ तपाँले कसरी हेर्नु भएको छ ? साथै भातृ संघ संगठनको अबस्था कस्तो पाउनुभएको छ ?

याथास्थितीमा संगठन रहेको दशकौं बर्ष सम्म नेतृत्व परिर्वतन हुन नसकेको राम्रो लाई प्राथमिकता दिनको साटो मेरो लाई प्राथमिकता दिएको । स्थानिय निर्वाचनमा आफुखुशि र आफु निकट टिकट बितरण गरेको कारण नेका इलामको संगठन कम्जोर भएको आम कार्यकताको गुनासो छ । सोहि कारणले होला संगठन कम्जोर भएको  र  भातृ संगठन नेपाल बिद्यार्थी संघ नेपाल तरुण दल लगायतका संगठनहरु चलायमान छैनन संगठनमा प्रशिक्षण छैन । सभापतिले कार्यवाहक दिएको बर्षो भयो अधिवेशन गराउन सकिरहेको छैन त्यसलाई नेका जिल्ला कार्यसमितिले ध्यान नदिएको काराणले संगठन दिनुनानु दिन कम्जोर बन्दै जाँदै छ ।

४. जबजब चुनाव या अधिवेशन आउँछ अनि मात्र गाँउमा कार्यकर्ता गुहार्दै जाने नेताहरुको परम्परा देखिन्छ । तपाइँ बीचबीचमा गाउँमा पुगेको हुँदा कार्यकर्ताले कस्तो नेतृत्व छान्न चाहेको पाउनु भएको छ ?

नेपाली काँग्रेसमा अब मुखियाले बाली उठाउन सिजन सिजनमा गए जस्तो हुन्न । नेतृत्व अब  बिपि कोइरालाले भने जस्तो दुखमा अप्ठयारो र अभर परेको बेला जनताको माझमा पुगेर काम गर्ने र कार्यकर्ताको सँधै संरक्षण गर्ने उनहिरुलाई हरेक दुख सुखमा साथ दिने कमसेकम कार्यकर्ता र नेता बिच चिनजान भएको सरल नेतृत्वको आश्यकता ठानेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -