गोरखा, सोमबार, २८ असार २०७८ । गोरखामा नि’षेधाज्ञा साउन ९ गतेसम्म लम्बिएको छ ।
आज बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले जिल्लामा जारी नि’षेधाज्ञा साउन ९ गतेसम्म ल’म्ब्याउने निणर्य गरेको हो । यसअघि जारी नि’षेधाज्ञा भोली २९ गते राती १२ बजेबाट सकिदैछ ।
थप गरिएको निषेधाज्ञा अवधिमा पसल व्यवसायहरु बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म खोल्न पाउने निणर्य भएको प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिनुभयो ।
साथै, होटल, रेष्टुरेन्ट पनि सो अवधि भरी टेक अवे तथा होम डेलिभरी सेवा सञ्चालन गर्न पाउने निणर्य भएको उहाँले बताउनु भयो ।








































