बागलुङ, सोमबार, २८ असार २०७८ । सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना स’ङ्क्रमितले ज्या’न गुमाए । मृ’त्यु हुनेमा २३ वर्षीया युवतीसमेत रहेकी छन् । गम्भीर स’ङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत छन् ।
आइसोलेशनमा रहेका बिरामीमा पनि श्वा’सप्रश्वासको समस्या बढी छ । दुई साता अघितिर अस्पताल भर्ना हुने स’ङ्क्रमितको स’ङ्ख्या सातमा झरेकामा अहिले क्रमशः बढ्दै १२ पुगेको छ । जिल्लाभर सक्रिय स’ङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः स’ङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ ।
यसले केही दिन थामिएजस्तो देखिएको स’ङ्क्रमण फेरि बढ्न थालेको सङ्केत गर्छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २४.७ प्रतिशत छ जबकी नेपालको सङ्क्रमण दर १९.०१ प्रतिशत मात्र छ ।
कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमणसँगै मृ’त्युका घटना पुनः बढेको बताए । “होम आइसोलेशनमा बसेका स’ङ्क्रमित स्वास्थ्य स्थिति गम्भीर भइसकेपछि मात्र अस्पताल आउँदा मृ’त्यु बढेको हो”, उनले भने । शुक्रबार दिउँसो मृत्युवरण गरेकी तमानखोला गाउँपालिका–१ की २३ वर्षीया युवतीलाई पनि अस्पताल ल्याउन ढिलाइ भएको स्रोत व्यक्ति घिमिरेले बताए ।
अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कतिपय कोरोनाका बिरामी अक्सिजनको तह घटेर २५/३० सम्म पुगेपछि बल्ल अस्पताल आउने गरेको सुनाए । “होम आइसोलेशनमा बस्नुभएका सङ्क्रमित अक्सिजन तह ९२ भन्दा तल हुन थाल्यो भने तुरुन्त अस्पताल आइहाल्नुपर्छ”, उनले भने ।








































