Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:३९ बिहान
- ADVERTISEMENT -

गाेरखा कांग्रेस चुनाबी माहोल : सभापतिका आकांक्षी धेरै

प्रकाशित मिति: २०७८ असार २५, शुक्रबार

429
Shares

गाेरखा, शुक्रबार, २५ असार २०७८ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा जिल्ला नेतृत्वका लागि केन्द्रीय गुटगत समूहहरु उम्मेदवार छनोट गर्न लागि परेका छन् । विगत दुई कार्यकाल जिल्ला सभापति रहेका हरिबहादुर घले कांग्रेसकाे विधान बमाेजिम फेरी सभापतिमा दाेह्याउन पाउने छैनन् ।

जिल्लामा पार्टी सभापति शेरबहादुर देउवासमुह तथा बरिष्ठ नेता रामचन्द्र पाैडेलसमुहविच टकराव पर्ने सम्भावना छ । जिल्लामा महामन्त्री शशांक कोइराला र गगन थापासमुहका नेतासमेत कृयाशिल छन् । तर, काेइराला र थापासमुहका जिल्ला सचिव (मनाेनित) भएर कार्यालय सञ्चालन गरेका नन्दप्रसाद न्याैपाने जिल्ला सभापतिमा आकांक्षा व्यक्त गरेका छन् । उनीसंगै भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे र किरणबाबु श्रेष्ठवीच प्रतिस्पर्धाकाे सम्भावना बढी रहेकाे जिल्ला तहका नेताहरू बताउछन् ।

तर, कांग्रेसमा अन्तिम पल नै महत्वूण हुने जिल्लाका नेताहरु दावी गर्छन् । जिल्ला सभापतिका लागी अहिलेसम्म खुलेर नै उम्मेदवार घोषणा गरेका छैनन् । कांग्रेसकाे विधान अनुसार महासमिति सदस्यमा निर्वाचित भएपछि मात्रै जिल्ला सभापतिकाे उम्मेदवार बन्न पाउने प्रावधान छ । त्यसैलेपनि सभापतिका आकांक्षा व्यक्त गर्ने नेताहरूले साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भएपछि मात्रै उम्मेदार घाेषणा गर्नेछन् ।

जिल्ला उपसभापतिमा क्षेत्र न १ का सभापति धिरन थापा, जिल्ला सचिवका लागि सिरानचाेक गाउँपालिकाका अध्यक्ष राजु गुरूङ, जिल्ला काेषाध्यक्ष कृष्ण आले, क्षेत्र न २ का क्षेत्रिय सभापति गाेविन्द्र गुरूङ र नेविसंघका तत्कालिन उपसभापति बलराम खड्कावीच प्रतिस्पर्धाकाे सम्भावना बढी रहेकाे चर्चा छ । क्षेत्र न १ काे सभापतिमा नायण लामिछाने र राेशन गुरूङ, क्षेत्र न २ काे सभापतिका लागि क्षेत्रिय सचिव मानप्रसाद धिताल र इमानसिंह बस्नेत आकांक्षा व्यक्त गरेका छन् ।

गाेरखाबाट केन्द्रीय समितिमा नेता चिनकाजी श्रेष्ठ, सुरेन्द्रराज पाण्डे र कमला पन्त दोहोरिने निश्चित छ । नयाँ केन्द्रिय समितिमा महासमिति सदस्य तथा नेपाल मुस्लिम संघका राष्ट्रिय अध्यक्ष अब्दुल सत्तार र जिल्ला सभापति हरिबहादुर घले आकांक्षा व्यक्त गरेका छन् ।

प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेकाे गाेरखामा प्रदेशमा चार निर्वाचन क्षेत्र रहेकाे छ । हरेक निर्वाचन क्षेत्रमा २५ जनाका दरले ५० जनाकाे महाधिबेशन प्रतिनिधि रहने प्रावधान रहेकाे छ । २ जनाले महिलासहित ११जनाकाे महासमिति सदस्य रहेने प्रावधान रहेकाे छ । त्यसमध्ये १० जना खुल्ला, ४ जना महिला र १० जना समानुपातिक तर्फबाट महाधिबेशन प्रतिनिधि सदस्यमा निर्वाचन लड्ने छन् । तर, क्षेत्रिय सभापति स्वत महासमिति सदस्य हुनेछन् । अब काे-काे महासमिति सदस्यमा उम्मेदवार हुन्छन् त्याे झन त्याे रोचक हुनेछ ।

५० जनाबाट मात्र महासमिति सदस्य लड्ने व्यबस्था रहेकाे छ । कांग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ । भदौको १ र २ गते प्रदेश समितिको अधिवेशन, साउन २६ गते जिल्ला अधिवेशन हुदैछ ।

जिल्ला अधिवेशनअघि साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र २० गते प्रदेश सभाको क्षेत्रीय अधिवेशन हुने भएको छ । त्यस्तै पालिका कमिटीहरुको अधिवेशन साउन १६ गते हुदैछ भने वडा कमिटीको अधिवेशन साउन १२ गते हुदैछ । क्रियाशील सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरुले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -