चितवन, बिहिबार, २४ असार २०७८ । सुजिता भण्डारीको रहस्यमय मृ´त्यु प्रकरणलाई चितवन प्र´हरीले अनुसन्धान कार्यलाइ ती´ब्र पारेको जनाएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ बर्षिया सुजिता असार ११ गतेदेखि अ´पहरणमा परेकी थिइन् ।
नौ दिन पछि घर नजिकै रहेको ब्रम्हस्थानी सामुदायिक वनमा श´व भेटिएसंगै प्रहरीले अनुसन्धान कार्यलाई तीब्र पारेको जनाएको छ ।
अनुसन्धानमा जुटेको प्र´हरीले भण्डारीको मोबाइल फोन शव भेटिएको स्थानबाट २० मिटर पर भेटिएको जनाएको छ ।
मोबाईलमा सिम भने निकालिएको पाइएको छ भने मेमोरी कार्ड भने रहेको छ । सुजिताले प्रयोग गरेका सामान भेटिएपछि अनुसन्धानमा समेत थप सहज हुने प्र´हरीको बिश्वास छ ।
कल डिटेल रेर्कडबाट पनि प्र´हरीले अनुसन्धान गरिरहेको जनाएको छ । यता, चितवन प्रहरीका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले मृ´तक सुजिता भण्डारीको शव परीक्षण सकिएको बताउनुभएको छ ।
पो´स्टमार्टम गर्ने काम सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको बताउनुभयो ।
भण्डारीको श´व भेटिएपछि अहिले उक्त घट्ना ह´त्या हो वा आ´त्मह´त्या भन्ने विषयमा प्रहरी नै अन्योलमा छ ।
मृ´तकको श´व भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अ´पहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा निजको साइली दिदी कवितासंग दोहोरो कुराकानी हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग हुनु जस्ता घट्नाले अनुसन्धानलाई थप जटिल बनाएको प्र´हरीको भनाई छ ।
अ´भियान्ताको नाममा बाहिरबाट आएका केही उ´छृंङ´खल ब्यक्तिहरुका कारण अनुसन्धानमा जुट्नुपर्ने प्र´हरी कर्मचारी अहिले राजमार्ग खुलाउन तथा कर्फ्यु व्यवस्थापनमा मात्रै खटिनुपरेको छ ।








































