दार्चुला, २४ असार २०७८ । दार्चुलाको नौगाड गाउँपालिकामा बा’ढी र प’हिरोका कारण तीन जनाको ज्या’न गएको छ । पहिरोमा च्या’पिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उहाँकै तीन महिने नातनी मञ्जरी ठगुन्नाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
प’हिरोमा परी बेपत्ता भएका तीन जनाको श’व फेला परेको प्रहरीले जनाएको छ । पहिरोले १८ वर्षीया हरमती ठगुन्नाको खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको चन्दले बताउनुभयो । पहिरोमा च्यापिएर नन्दु ठगुन्नाको एउटा भैँसीको समेत ज्यान गएको छ । नौगाड गाउँपालिका–३ जामिरका स्थानीय गौरसिंह ठगुन्ना र गोठे टमटाको घर खारखोलामा आएको बाढीले बगाएको छ । खोला किनाराका अरु घरहरु पनि पहिरोको जोखिममा रहेको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।
बाढीले नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघुजलविद्युत आयोजना पनि बाढीले बगाएको छ ।
अविरल वर्षापछि खोलामा आएको बा’ढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको धामीले बताउनुभयो । बा’ढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा पानी घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको छ ।
बुधबार रातीको अविरल वर्षाका कारण नौगाड गाउँपालिका–६ स्थित धुलिगडा गाउँमा पनि खानेपानीका मूलहरु, दुई वटा पानी घट्ट बगाउनुका साथै धुलिगडा स्वास्थ्य चौकी र नजिकका घरहरु जोखिममा परेका छन् ।
घटनास्थलमा उद्धार कार्यका लागि स्थानीयसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । बर्खा शुरु भएसँगै जताततै बा’ढी र प’हिरोको जोखिम बढेको छ । दार्चुलाका सबै स्थानीय तहका विभिन्न क्षेत्र बा’ढी, प’हिरोको उच्च जोखिममा छन् ।








































