काठमाडौ, मंगलबार, २२ असार २०७८ । उ’पत्यकामा हुने सवारी साधन चो’री घ’टनालाई न्युनिकरण एवनियन्त्रण गर्न खटिएको बिशेष अपरेसन टोलीले जारी नि’षेधाज्ञाको समयमा समेत सक्रियता पुर्बक परिचालन भई चो’री नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी नि’यन्त्रणलाई निरन्तरता दिदै यस अबधीमा बिभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाईकल आज एक कार्यक्रमका वीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाईकल र १० वटा स्कुटर रहेका छन ।
कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले नि’षेधाज्ञाकै समयमा समेत टोलीले बिशेष सूचना संकलन गरि उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा सं’लग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेकोबताउनुभयो ।








































