काठमाडौं, मंगलबार, २२ असार २०७८ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच नि’र्वाचन आ’योगमा छ’लफल सु’रु भएको छ । आयोगले जसपाका दुवै प’क्षलाई आन्तरिक मे’लमिलापका लागि आज बो’लाएको हो ।
ठाकुर पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, केशव झा लगायत नेता आयोग पुग्दा यादव पक्षका राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, प्रकाश अधिकारी लगायत नेताहरु छलफलमा सहभागी छन् ।
यादव पक्षका नेता डा. बाबुराम भट्टराई भने छलफलका लागि आयोग गएनन् ।
यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐ’न ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दा’बी गर्दै आयोगमा निवेदन दिएको थियो ।
यादव पक्षको नि’वेदनपछि आ’योगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आ’योगले दुवै प’क्षलाई मेलमिलापका लागि बोलाएको हो ।








































