काठमाडौँ, मंगलबार, २२ असार २०७८ । ने’पाली कां’ग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको र’हस्यमय ढं’गले भएको मृ’त्युले गम्भीर आ’शंका जन्माएको जनाएको छ ।
साथै ९ दिनसम्म उहाँ नभेटिनु, कसैको नियन्त्रण र अ’पहरणमा परेको सूचना उहाँले दिएपछि पनि खोज अ’नुसन्धानले परिणाम हासिल नगर्नु तथा अन्तिममा ज’ङ्गलमा मृ’त शरीर भे’टिनुले अनेक प्रश्न उब्जिएको कां’ग्रेसको भनाइ छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उ’भ्याउन सरकारसँग माग गर्नुभएको छ । मुलुकका विभिन्न भागमा महिला उपर अनेक प्र’कृतिका हिं’सा र ह’त्याका घ’टना पटक–पटक भएको उल्लेख गर्दै उहाँले यो प्र’वृत्तिलाई नि’रुत्साहित गर्न तथा सामाजिक प’रिवर्तनका लागि गम्भीर राष्ट्रिय वि’मर्श गर्न जरुरी भइसकेको जनाउनुभएको छ ।








































