काठमाडौं, सोमबार, २१ असार २०७८ । चीनबाट भे’रोसेल खो’प ल्याउनका लागि नेपाल एअरलाइन्सको वाइडबडी ३३० जहाज बिहीबार चीनको बेइजिङ उड्ने भएको छ । ४० लाख डो’ज खो’प ल्याइने तयारीका साथ नेपाल एअरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छ ।
जहाजले पहिलो पटक असार २४ गते बेइजिङ उड्ने र २५ गते १० लाख डो’ज खो’प ल्याएर फर्किनेछ भने त्यसपछि असार ३१ गते र साउन ७ गते पुन खोप ल्याउन जहाज चीन उड्ने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले खोप ल्याउन जहाजलाई तयारी अवस्थामा राख्न भन्दै समय तोकेपछि उडानका लागि सबै तयारी गरेको उहाँले जानकारी दिनुभयो ।








































