Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:३४ बिहान
- ADVERTISEMENT -

सुचारु हुँदै भिषा र वैदेशिक रोजगार सेवा

प्रकाशित मिति: २०७८ असार १८, शुक्रबार

337
Shares

काठमाडौँ, १८ असार २०७८ । अध्यागमन विभागले शुक्रबारदेखि भिसा सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण गत जेठ ५ देखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै असार १८ गतेदेखि सुरु हुने विभागले जनाएको हो ।

गत वैशाख १५ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ गतेभित्र नेपालबाट प्रस्थान हुने भएमा निःशुल्क भिसा नियमित गरिने जनाइएको छ । विभागको सूचनामा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित गरिने उल्लेख छ ।

यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्न विभाग वा अन्तर्गतका कार्यालयमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि विभागको सूचनामा उल्लेख गरिएको छ ।

विभागका अनुसार असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भने नियमअनुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्नेछ ।

यस्तै पर्यटक भिसाका लागि १५० दिनसम्म मात्र बस्न सकिने प्रावधान भएकामा यो वर्ष कोरोनाका कारण अवधि बढाएर २१० दिन बनाइएको छ । निषेधाज्ञाको अवधि १५० दिनमा गणना नहुने भएकाले पर्यटक भिसा अवधि बढाइएको हो ।

यसैगरी, वैदेशिक रोजगार विभागअन्तर्गतको काठमाडौँ वैदेशिक रोजगार कार्यालयले आगामी आइतबारदेखि नियमित सेवा प्रदान गर्ने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि भएको निषेधाज्ञामा हाल सातामा तीन दिन श्रम स्वीकृति प्रदान गर्दै आएको कार्यालयले आइतबार अर्थात् असार २० गतेदेखि नियमित रूपमा सेवा प्रदान गर्ने जनाएको छ ।

गत वैशाख २४ गतेदेखि केही समय कार्यालयले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरिएको थियो । सरकारले निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान पनि खुलाउँदै लगेपछि कार्यालयले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -