काठमाडौं, १६ असार २०७८ । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि बहस जारी छ ।
आज बहसको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका वकिलले राष्ट्रपतिविरुद्ध मुद्दा किन नलगाएको भन्दै प्रश्न गरेका छन् । बुधबार बहसका क्रममा वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिविरुद्ध मुद्दा किन नलगाएको भन्दै प्रश्न गरेका हुन् ।
‘राष्ट्रपतिलाई मुद्दा लाग्छ भने किन नलगाएको ? प्राकृतिक न्यायको सिद्धान्तले पनि यो कुरा दिँदैन । उहाँको कदम गलत हो भने उहाँलाई विपक्षी नबनाएर कसरी न्याय निरुपण हुन्छ ? राष्ट्रपतिले को कुन दलको भनेर कसरी थाहा पाउने भन्ने प्रश्न आएको छ, त्यसअघि सञ्चारमाध्यममा प्रशस्तै आएको छैन र ?’ पन्तले भने ।








































