काठमाडौँ, १६ असार २०७८ । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृ´त्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।
कांग्रेसको बाढी पहिरो वि´पद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी नि´धन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो ।
समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ को शुरुदेखि बाढी र पहिराका कारण मृ´त्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको जानकारी दिए ।








































