काठमाडौं, असार १५ गते । नेकपा एमाले स्थायी कमिटी दिउँसो बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज दिउँसो ५ बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनभएको हो ।
नेकपा एमालेकाे गत फागुन २८ गते बालुवाटारमा बसेको बैठकले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । आयोजक कमिटीको बैठक असार १६ गते बोलाइएको छ ।








































