बागलुङ, ९ असार २०७८ । दुई साताअघि बागलुङ नगरपालिका–३ खोलाखेत टोलमा विवाह भोजमा सहभागी ३५ जनामा मंगलबार को’रोना सं’क्रमण पुष्टि भएको छ ।
भोज खाएको केही दिनपछि को’रोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले ५० जनाको पीसीआर परीक्षण गराएको थियो । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले अधिकांश लक्षणसहितका संक्रमित भएको बताए ।








































